-काठमाडौं उपत्यकाभित्रका ३ जिल्लामा सार्वजनिक सवारी चलाउन दिने

काठमाडौं उपत्यकाभित्रका ३ जिल्लामा सार्वजनिक सवारी चलाउन दिने

Hollywood Khabar July 08,2020 Comments

नेपाल सरकारले कोरोनाको कारण रोकिएका सार्वजनिक सवारी काठमाडौं उपत्यका भित्रचलाउन दिने भएको छ। यसबाहेक अन्य केहि जिल्लामा पनि सार्वजनिक सवारी चल्न दिने कुरा सरकारका प्रवक्ता युवराज खतिवडाले जनाएका छन्। सरकारले अझै पनि लामो दूरीका सार्वजनिक सवारी साधन चल्न दिएको छैन। तर यस्ता सार्वजनिक सवारी चलाउँदा सरकारले तोकेको सुरक्षा मापदण्ड पूरा गरेर चलाउन पर्नेछ।

जिल्लामा चलाइने सवारीमा सिट क्षमताको ५० प्रतिशत यात्रु मात्रै राख्‍न पाइने, ढोकामा सेनिटाइजर अनिवार्य हुनुपर्ने, यात्रु र चालक संबद्ध सबैले मास्क र ग्लोब लगाएको हुनुपर्ने। तर सवारी संचालकहरुले आधा यात्रु बोक्नु पर्ने कारण भाडादर भने ५०% थप गर्न पाउने छन्।