दिक्क लागि भयो भन्छु हिक्क गरी रुवाउने भो-

Hollywood Khabar March 28,2018 Comments

कृष्ण के.सी/क्यालिफोर्निया, मार्च २५, २०१५

गए पनि बाटो अर्कै, आउने गुबो बिर्स्यौ क्यारे 
कुन्ठा भित्र रोए पनि, कठै भन्न छाड्यौ क्यारे !
 
यादै त हो जिन्दगी यो, सम्झी कतै आइनौ नी हो
दिक्क लागि भयो भन्छु, हिक्क गरी रुवाउने भो !

बाटो टुट्यो के भयो त, लुकी छिपी हेर्छौ क्यारे
कतै मेरो नजर जुदे, सम्झी छाती छुन्छेउ अरे !

लाउने कुरा माया भए, पाउने कुरा खुसी होला
यो मन कतै अल्झ्यो क्यारे, सम्झी रुने तिमी होला !