-Ghanashyam Shrestha

कस्तो खुशी रोज्यौ-सारा संसार एका पट्टि, आफुँ एक्लै भए

Hollywood Khabar June 02,2020 Comments

घनश्याम श्रेष्ठ, काठमाडौँ/२०७७/०२/२१/बिहान ६:०० बजे

अति खुशी, थिए तिम्ले, मेरो संसार भन्दा !

एक्लै भए आज म त, संसार बैरी बन्दा !!

सारा संसार एका पट्टि, आफुँ एक्लै भए !

तिम्रो संसार तिम्लाई नै भो, मैले छोडी गए !!

सपना बन्थ्यो जिन्दगि यो, तिमि साथ हुँदा !

क्षणिक बन्यो आज आफैं एक्लो हुँदा !!

बिर्सिएछु हाँस्न लाई, सकिन नि रुन !

कति मिठा, थिए भेट, थाले सम्झिन !!

ठुलै भुल भयो मेरो, तिम्रो भर पर्नु !

क्षण भयो, सोच्ने शक्ति, लागे अब मर्नु !!

तिम्लाई सम्झी, सम्झिएर, छाड्या, थ्यो नि दुख्न !

मरि गए, भने पनि, सक्ने छैन, मेरो आँशु सुक्न !!

जवानी प्यास तिम्ले, आकी थ्यौ कि मेट्न !

म भन्दा, ठुलै मान्छे कतै, न सकेर भेट्न !!

खुशी थियौ, होला तिमि, अड्चन तारे पछि !

तिम्लाई माया, गर्ने मान्छे, कुटी, कुटी मारे पछि !!

रैछु कति, भाग्यमानी, पाए छिट्टै मर्न !

तिम्रो पनि, भाग्य ठुलै, पायौ, फेरि अन्तै चर्न !!

पापी रैछ, संसार तिम्रो, लागे बगाउन !

तिम्रो आफ्नै संसार मा, लाथे भगाउन !!

रम्दै थ्यौ कि कतै तिमि, ज्यानलाई एक्लै पारि !

कस्तो खुशी रोज्यौ भन, आफ्नै खुशी मारी !!

**जाजरकोट घटनामा मारिएका नबराज बिक प्रति हार्दिक श्रद्धासुमन !