३मंसिर, काठमाडौं ।भारतको कश्मीरमा हिम पहिरोमा परी ६ जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।भारत र पाकिस्तानबीच निरन्तर युद्द भइरहने कास्मिरको सियाचिन क्षेत्रमा हिम पहिरोमा परी चार भारतीय सैनिक र दुइजना भरिया गरि ६ जनाको मृत्यु भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ।
सोमबार दिउँसो ३ बजे कास्मिर क्षेत्रको सियाचिनको उत्तरी क्षेत्रमा १९ हजार फिटको उचाइमा आठ जना गस्तीदलमा सामेल रहेका थिए।आठै जनालाई हिउँमा पुरिएको अवस्थमा उद्दार गरिएको मा सात जनाको अवस्था गम्भीर भएपछि हेलिकप्टरमा उद्दार गरी अस्पताल लगिएकामा ६ जनाको ज्यान गएको र एक जना गम्भीर रहेको भारतीय सेनाले जनाएको छ।हिमपहिरोले भारतीय केही अस्थायी चौकीमा समेत क्षति पुगेको बीबीसीले जनाएको छ ।
सिफारिस
व्यासका अध्येता न्यौपानेको अशून्यम् लोकार्पण
झापाको बिर्तामोडमा चैत्र १२ गते टुबोर्ग होलि हङ्गामा हुने
बागलुङ सेवा समाज र बलेवा समाज अमेरिकाको संयुक्त आयोजना, न्यूयोर्कमा चै...
कम्युनिष्टको आदेशले फसेका गृहमन्त्री लामिछाने संचार क्षेत्रको बिरोधले...