तस्बिर साभार वेब

कर्णाली प्रदेश सभाको आज बसेको बैठकमा कांग्रेस सदस्यहरू सहभागी भएनन्

Hollywood Khabar July 03,2020 Comments

२० असार काठमाडौं। केही दिनदेखि बस्न नसकेको कर्णाली प्रदेशसभाको बैठक आज बसेको छ। यही असार ११ गते प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बैठक अवरुद्ध गरेपछि बैठक बस्न सकेको थिएन।आजको बैठकमा प्रतिपक्षी दल कांग्रेसका प्रदेशसभा सदस्यहरू भने उपस्थित भएनन् । कांग्रेसका सदस्य दीनबन्धु श्रेष्ठले सबै मन्त्रालयको किताब एकैपटक नआएका कारण बैठकमा भाग नलिएको बताए।

असार ११ गतेको बैठकमा सभामुख राजबहादुर शाहीले कर्णाली प्रदेश विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रदेशसभा सचिवालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालयका शीर्षकहरुमाथिको छलफल प्रारम्भ गरेलगत्तै कांग्रेसले अवरोध गरेपछि बैठक स्थगन भएको थियो । आजको बैठकमा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले सभामा स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधासम्बन्धी संशोधन गर्न बनेको विधेयक, २०७७ पेश गरेका थिए। प्रदेशसभाको अर्को बैठक आइतबार १ः०० बजे बस्नेछ ।