साङ्केतिक तस्बिर ;साभार वेब

कर्णाली जीप दुर्घटना:२२ दिनपछि उपाध्यक्षको शव फेला

Hollywood Khabar July 09,2019 Comments

२६ असार,काठमाडौं।खार्पुनाथ गाउँपालिकाको बेडू बिसौनीमा भएको जीप दुर्घटनामा परेर कर्णाली नदीमा बेपत्ता भएका उपाध्यक्ष सिन्धु शाही हमालको शव  फेला परेको छ।सर्केघाड गाउँपालिका–४ साँयाको नागरास्थित कर्णाली नदीको किनारमा  फेला परेको शव गाउँपालिकाका उपाध्यक्ष शाहीकै भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामप्रसाद घर्ती मगरले पुष्टि गरेका छन् ।

शव फेला परेको खबर पाउने बित्तिकै हेलिकप्टरबाट सम्बन्धित स्थलमा पुगेका प्रहरी टोली सहित उनका श्रीमान् धीरेन्द्र शाही र खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावल लगायतका आफन्तले पहिचान गरेपछि शव उपाध्यक्षकै भएको पुष्टि भएको हो ।

यही असार ३ गते सिमकोटदेखि याङ्चुकुनातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा उपाध्यक्षसहित ११ जना बेपत्ता भएका थिए।बेपत्ता अरु अझै भेटिएका छैनन् ।