मैले जानेको छैन आजसम्म भरिने कला
न तिम्ले जान्यौ कसैलाई केहि दिने कला
खुट्टाभन्दा पनि त ठूलो कुरा हौसला हो
ए साथी मसँग अझै बाँकी छ उभिने कला
सधैं बाढि जस्तो हुँदैन पसिना र आँशु
पानीले पनि जान्यो जीवनसँग मिसिने कला
यसकारण मैले मृत्यु पनि स्वीकार गरेथें
निकै घातक रहेछ प्रहारपछि गरिने कला
गजल -ए साथी मसँग अझै बाँकी छ उभिने कला
