कानुन बमोजिम बाहेक स्थानीय तहले कर उठाउन नपाउने:अर्थमन्त्री डा.युवराज खतिवडा

Hollywood Khabar September 22,2018 Comments

८ असोज नवलपुर(नवलपरासी पूर्व)।अर्थमन्त्री डा.युवराज खतिवडाले कानुन बमोजिम बाहेक स्थानीय तहले कर उठाउन नपाउने बताएका छन्। नवलपरासी पूर्व कावासोती नगरपालिकामा आइतबार करदाता सेवा कार्यालय उद्घाटन गर्दै मन्त्री खतिवडाले दोहोरो कर सरकारले नलगाउने बताएका हुन्।उनले भने– ‘प्रचारमा आएजस्तो नेकपा सरकारले जथाभाबि कर लगाएको छैन।’

मन्त्री खतिवडाले करका बारेमा केही दुविधा भए व्यवसायीहरुसँग छलफल गरेर समाधान गरिने उल्लेख बताए।यस्तै उनले करको दायरामा नआएमा राज्यले सामाजिक सुरक्षाको दायरा फराकिलो पार्न नसक्ने हुदा सबै नागरिकले कर तिर्नबाट पछि हट्न नहुने बताए।‘राज्यसँग कुनै कोष हुदैन एक हातले दिने एक हातले लिने हो।’ खतिवडाले भने।

यस्तै उनले उत्पादन नबढाई आम्दानी नहुने, आम्दानी नबढी कर नबढ्ने र कर नबढे सरकारले सामाजिक सुरक्षाको दायित्व पुरा गर्न नसक्ने भएकाले उत्पादन बृद्धिमा सबै लाग्नु पर्ने उनले बताए ।