कन्दरा ब्याण्डको पहिलो अमेरिकी यात्रा र लस एन्जलसमा धमाका

Hollywood Khabar July 13,2018 Comments

कृष्ण के सी/अमेरिका
हंगकङ पोखरा निर्मोही आफ्नो को छ- हजुर यो गीत प्राय हामी सबैले सुनेकै हो। सोहि गीत पस्केका गीत-संगीत सर्जकहरु अर्थात कन्दरा ब्याण्ड ऐले आफ्नो पहिलो अमेरिकी यात्रामा छ। यहि जुलाई १६, २०१८ सोमबारका दिन लस एन्जलसमा आफ्नो धमाकेदार प्रस्तुति दिनको लागि पुरै टीम एलए शहरमा पुगिसकेको छ।

8435 Firestone Boulevard, Downey, CA 90241 मा सांझ ८ बजे देखि सुरु हुने उक्त सांगेतिक प्रस्तुति जोडदार हुने कुरा आयोजकहरुले बताएका छन्। १४ बर्ष मुनिका बच्चाहरुको लागि निशुल्क प्रवेस गरिएको उक्त कार्यक्रमको प्रवेस टिकेट $३०, $५० र $१०० दरका रहेका छन।