-सोनी शर्मा 

जिउँदो मान्छे रगताम्य लास बन्दै ढल्यो सरकार !

Hollywood Khabar August 23,2018 Comments

आज फेरी कन्चनपुरमा किन गोलि चल्यो सरकार?
बालिकालाई न्याय माग्दा अर्को बालक ढल्यो सरकार !

लोकतन्त्र ल्याउँदा पनि ओर्लेकै हौँ सडकमा 
राजतन्त्र भन्दा कडा किन बोलि चल्यो सरकार !

तिम्रो बोलि गोलि जस्तै भन्दै थिए जनताले  
बोलि भन्दा कडा गोलि छाती माथि चल्यो सरकार!

कि त भन जनतालाई न्याय खोज्न पाउदैनौ भो 
हेर्दाहेर्दै दिनै पिच्छे किन गोलि चल्यो सरकार 

जिउँदो मान्छे रगताम्य लास बन्दै ढल्यो सरकार !
नागरिकको रक्षा गर्ने तिमिनै हौ अभिभावक 
रगतको खोलामाथि किन आगो बल्यो सरकार !