-तस्विर वेब

कञ्चनजङ्घा हिमालमा दुई पर्वतारोहीको मृत्यु एक बेपत्ता 

Hollywood Khabar May 15,2019 Comments

२जेठ,ताप्लेजुङ।कञ्चनजङ्घा हिमाल आरोहण गरि फर्कने क्रममा दुई पर्वतारोहीको मृत्यु भएको छ।कञ्चनजङ्घा आरोहण गरेर फर्किदै गरेका भारत कोलकत्ताका विप्लव वैद्य र कुन्तल करारको मृत्यु भएको पीक प्रमोशन प्रालिका अध्यक्ष केशव पौडेलले जानकारी दिए।अर्का एक पर्वतारोही भने बेपत्ता छन्। उनीहरु सबै पीक प्रमोशन प्रालिमार्फत् कञ्चनजङ्घा आरोहणका लागि गएका थिए। उद्धारका लागि  पठाएको  कैलास एयरको हेलिकप्टर घटनास्थलमा पुग्न नसकेको प्रहरीको भनाइ छ। गाईड र आरोही गरेर बिहीबार एकसाथ ५० जनाको टोली कञ्चनजङ्घा शिखरमा पुगेको थियो।