भानु जन्मिउन कि मरुन, कम्ताको छैन नि म चोर !

Hollywood Khabar July 15,2018 Comments

कृष्ण के सी, अमेरिका, जुलाई १६, २०१८

भानु जन्मिउन कि मरुन
घाँसीले कुवा खनुन या नेता नै बनुन
या कुवा भत्काएर किचेन हाइड्रो बनाउन
बरु छेउमै बसेर टुलुटुलु हेर्छु
किनकी;
कम्ताको छैन नि  म चोर !

भानुहरु बम पड्केर अमर हुनैका लागि मारिउन या मरुन
मेरो खल्ती पुटुस्स भए हुन्छ
आ--त्यो मुला घाँसी होस कि भानु होस मरे मरोस्
मलाइ के को चिन्ता, कम्ताको छैन नि म चोर !!

ढुकेर गोल गर्नु फुकेर जिल पार्नु मेरो काम हो
चाहे कुवा सुकोस कि घाँसी उत्तानो परोस
या गोमनले डसेर तिनमुर्छा परोस
मलाइ के को चिन्ता
किनकी;
कम्ताको छैन म चोर !!!

मौका पाए  निम्ताबिनाको बरियात बन्छु  म
स्विटहार्ट टेबलमै बसेर बर-बधुलाइ धकेल्दै भुडी फुटुन्जेल खान्छु
सित्तै पाए जत्ति पनि टुच्च-टुच्च पिउँछु
ब्रेक नलिए कुत्ताले काशी पुग्थे भने झैँ  
लुखुर लुखुर जता पनि डुली रहन्छु
सांचै भनेको कम्ताको छैन म चोर !!!!

मलाइ न त पुजा गर्नुछ न ब्रत नै बस्नु छ
न देबी नै मान्नु छ न देवता भाक्नु छ न भूत-प्रेतनै जप्नुछ  
जस्सरी भएनी मेरो पेट पुटुस्स पार्नुछ
मै खाउँ मै लाउँ  मलाई के मतलब त्यो भानुको
कम्ताको छैन र म चोर ???
***२०५ औं भानु जयन्तीका अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्दन क्यालिफोर्नियाद्धारा आयोजित कार्यक्रममा वाचन गरिएको**
धन्यवाद !
कृष्नार्पण !