- कामीरिता शेर्पा

कामीरिता शेर्पा २४ पटक सगरमाथाको  शिखर टेक्दै -आरोहणका लागि आज प्रस्थान 

Hollywood Khabar May 18,2019 Comments

५ जेठ,काठमाडौं

२१ मे मा विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखर टेकी २४ औं रेकर्ड कायम गने उदेश्यका साथ् कीर्तिमानी कामीरिता शेर्पा सगरमाथा आरोहणका लागि  प्रस्थान गरेका छन्। जेठ १ गते २३औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर आफ्नै रेकर्ड तोडेका शेर्पाले २४ औं पटकका लागि आइतबार (आज )सगरमाथा प्रस्थान गरेको  सहभागी विनोद अधिकारीले जानकारी दिए।

साहसिक आरोही कामीरिता शेर्पाले जेठ १ गते बुधबार बिहान ७ः५० मा विश्वको सर्वोच्च शिखर सगरमाथामा २३औँपटक पाइला टेकेका थिए।यस अघि २२ औं पटक सगरमाथाको चुचुरोमा पुग्ने पुगेर कीर्तिमानी नाम लेखाएका कामीरिता शेर्पाले २३ औं पटक पनि पाइला टेकेको एक हप्तामै पुन २४ औं पटक पुर्याउन सगरमाथा आरोहणका लागि प्रस्थान गरेका हुन्।