-कामीरिता शेर्पा

२३औँ पटक सगरमाथा चढेर कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोडे

Hollywood Khabar May 13,2019 Comments

१ जेठ, सोलुखुम्बु ।२३औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोडेका छन्।साहसिक आरोही कामीरिता शेर्पाले बुधबार बिहान ७ः५० मा विश्वको सर्वोच्च शिखर सगरमाथामा २३औँपटक पाइला टेकेको टिममा सहभागी विनोद अधिकारीले जानकारी दिए।यस अघि २२ औं पटक सगरमाथाको चुचुरोमा पुग्ने पुगेर कीर्तिमानी नाम लेखाएका कामीरिता शेर्पाले २३ औं पटक पनि  पाइला टेकेका हुन्।

पर्यटन विभाग पर्वतारोहण शाखाका नायबसुब्बा रामेश्वर निरौलाले सोलुखुम्बु थामेका शेर्पाले बुधबार हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गरेको बताए ।लामो समयदेखि आरोहण क्षेत्रमा रहेका ४९ वर्षीय शेर्पाले आफूले कायम गरेको विश्व रेकर्ड आफैँले तोड्दै नयाँ विश्व कीर्तिमान कायम गर्न सफल भएका हुन् । कामीरिता शेर्पा र ओङ्दी शेर्पाले सेभेन समिट्स ट्रेक्समार्फत आरोहण गरेका हुन् ।