https://www.youtube.com/embed/DgEz6RCn2YE

कमलेको बिहे ? भिडियो सहित !

Hollywood Khabar May 19,2017 Comments

नेपाली चलचित्र  'कमलेको बिहे' को गीत सार्बजनिक  गरिएको छ। काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी उक्त गीत सार्वजनिक गरिएको हो।लोकलयमा निर्माण भएको 'टाकान टुकुन' बोलको गीतमा राजनराज सिवाकोटी ,शिखर सन्तोष तथा बाबुल गिरि को रहेको छ l आलेख ,कथा तथा सम्बाद महेश दवाडीको रहेको छ l राजनराज सिवाकोटी र मण्डवी त्रिपाठीको स्वर रहेको गीतको भिडियोमा दीपकमान सिंहले नृत्य निर्देशन गरेका छन्। म्युजिक भिडियो निर्देशनमा पृथक पहिचान बनाउन सफल निर्देशक प्रसन्न पौडेलको निर्देशनमा तयार भएको 'कमलेको बिहे'मा अनुप विक्रम शाही र सन्ध्या केसीले अभिनय गरेका छन् l 

यसै गरि गीत/शब्द प्रकट कुमार शिशिर तथा राजन राज सिवाकोटीको रहेको छ भने चलचित्रमा मागेर गरिएको बिबाह तथा प्रेम बिवाह बिचको द्वन्द हो ​l ​चलचित्रमा अनुपले 'कमले' र सन्ध्याले 'चमेली' को भूमिकामा देखिने छन् l 

कमलेले पहिला-पहिला जस्तो आफ्नो घरबाट रोजेको केटीलाई विवाह गर्छ कि आफुले रोजेकोलाई बिवाह गर्छ भन्ने कुरा नै मुख्य विषयबस्तु हो, चलचित्रका निर्देशक पौडेलले भने।सरिता लामा निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता दीपक बिस्ट हुन। । यसै गरि सह निर्मातामा सुनिल बिष्ट तथा मिलन राई रहेका छन्l विदुर पाण्डेले खिचेको चलचित्रलाई तारा थापा 'किम्भे'ले सम्पादन गरेका हुन्।

चलचित्रमा गायक गायिकाहरुमा राजन राज सिवाकोटी, मण्डवि त्रिपाठी, युवराज चौलागाई, समिर आचार्य तथा अरुण देव यादव रहेका छन् भने द्वन्द निर्देशक सम्राट बस्नेत को रहेको छl सम्पादन तारा थापाको रहेको छ भने जीवन्तता (कलर ) श्याम कुवर तथा पार्श्व शैलेश श्रेष्ठको रहेको छl प्रस्तुति अभिकल्पक (डिजाईनर ) प्रकाश महरा तथा प्रस्तुति व्यवस्थापक प्रकाश हमालको रहेको छl चलचित्रमा अनुप र सन्ध्याको अतिरिक्त विनोद न्यौपाने, इशान ढकाल, दीपक पहाडी, रेशु तमाङ, किरण लाकोउल लगायतको अभिनय रहेको छ हेर्नुहोस यस्तो छ गीत: