Senator Kamala Harris, Picture from her campaign site

Kamala Harris 2020 राष्ट्रपतिका लागि पहिलो क्यापेन -याली होम टाउन ओकल्याण्डबाट

Hollywood Khabar January 25,2019 Comments

कृष्ण के सी/अमेरिका

सिनेटर Kamala Harris ले अमेरिकाको राष्ट्रपति निर्वाचन २०२० का लागि आफ्नो उम्मेद्वारी घोषणा गरेकी छन्। २०२० मा अमेरिकी राष्ट्रपतिका लागि हुने निर्वाचनका लागि आफ्नो प्राइमारीमा डेमोक्रयाटिक पार्टीको तर्फबाट औपचारिक रुपमा उम्मेद्वारी घोषणा गर्ने सिनेटर कमला ह्यारिस नै पहिलो व्यक्ति हुन्। गत जनवरी २१, २०१९ का दिन औपचारिक घोषणा गरेकी सिनेटर ह्यारिसको उम्मेद्वारीलाइ सबैले उत्सुकताका साथ लिएका छन्।

सिनेटर ह्यारिसले आफ्नो पहिलो औपचारिक क्यापेन -याली आफ्नै होम टाउन क्यालिफोर्नियाको ओकल्याण्ड शहरबाट गर्दैछिन। जनवरी २७, २०१९ का दिन हुने उक्त -यालीमा आयोजकहरुले सबैलाई सहभागि हुन अनुरोध गरेको छ।

दिनको १२ बजे देखी २ बजे सम्म हुने क्याम्पेन -याली-Frank H. Ogawa Plaza in front of Oakland City Hall अर्थात 1 Frank H Ogawa Plaza Oakland, CA 94612 मा सुरु हुनेछ। आयोजकहरुले दिएको जानकारी अनुसार सिनेटर ह्यारिसका सयौं हजारौ समर्थकहरु -यालीमा सहभागी हुनेछन।