Prem Lama

अमेरिकाकोबाट संचालित हलिउडखबर डटकमको कामदा-मिलन पत्रकारिता पुरस्कार पर्साका प्रेम लामालाइ

Hollywood Khabar August 05,2019 Comments

हलिउडखबर क्यालिफोर्निया/डिसेम्बर ९, २०१८
अमेरिकाको क्यालिफोर्निया राज्यमा दर्ता भएको हलिउड मिडिया एण्ड इन्टरटेनमेण्ट एलएलसीद्धारा सान फ्रन्सिकोबाट संचालित हलिउडखबर डटकमको दोस्रो वार्षिक उत्सवको अवसरमा कामदा-मिलन पत्रकारिता पुरस्कार पर्सा ठोरीका पत्रकार प्रेम लामालाइ दिने निर्णय गरिएको छ।

मिडियाले गत बर्ष घोषणा गरे अनुरुप नेपालको काठमाण्डौ बाहिरका जिल्लाहरुमा बिशेष गरि दुर्गम क्षेत्रमा बसेर पत्रकारिता गरिरहेका एक पत्रकारलाई पुरस्कृत गर्ने घोषणा गरेको थियो। सोहि घोषणा अनुसार यस बर्षको हलिउडखबरको कामदा-मिलन पुरस्कार २०१८, ३०० अमेरिकी डलरको पुरस्कार पर्सा ठोरीका प्रेम लामालाइ दिने निर्णय गरिएको हो।

हलीउडखबर डटकमको दोस्रो वर्ष पूरागरी तेस्रो वर्ष प्रवेश गरेको अवसरमा अमेरिकामा गत डिसेम्बर ९, २०१८ आइतबार आयोजित बार्षिक उत्सवमा पर्सा जिल्लाको विकट गाउँ ठोरीमा बसेर पत्रकारिता गरेका पत्रकार प्रेम लामालाई “कामदा-मिलन" पत्रकारिता पुरस्कार दिने निर्णय गरिएको हो।

सानो धनराशीको पुरस्कार भए पनि यो कार्यले पत्रकारिता क्षेत्रमा लागेका व्यक्तिहरुको मनोवल उच्च राख्ने आशा हामीले राखेका छाैँ। नेपालको ग्रामिण क्षेत्रमा पत्रकारिता गर्ने पत्रकारलाइ सो पुरस्कार रकमले पत्रकारिताका लागि उपकरण र सामग्री खरिदमा सपोर्ट हुने विश्वास गरिएको छ।

अमेरिकाको सान फ्रान्सिस्को शहर बस्दै आउनुभएका रोशन अधिकारीका स्वर्गिय माता-पिताको सम्झनामा स्थापना गरिएको "कामदा मिलन" पत्रकारिता पुरस्कारमा अधिकारी र हलीउडखबर डटकमले मिलेर प्रदान गरेको हो। प्रत्येक बर्ष दिने ३०० अमेरिकी डलरको पुरस्कारमा रोशन अधिकारीले २०० डलर र हलिउडखबरले १०० डलर गरि प्रदान गरिनेछ। यो पटक स्थानिय सामाजिक संस्थाका बरिष्ठ उपाध्यक्ष इश्वर सिटौलाले थप (एक पटकको लागि) १०० अमेरिकी डलर दिनुहुने भएको छ। लामाले यो पटक ४०० अमेरिकी डलर प्राप्त गर्नुहुने छ।

पर्सा जिल्लाको ठोरी गाउँपालिका–१, सरस्वतीनगर घर भएका प्रेम लामालाई पत्रकारिताको माध्येमद्वारा समाजमा पुर्याएको योगदानको कदर गर्दै रोशन अधिकारी र हलिउडखबरका संचालक तथा सीइओ कृष्ण के सीले संयुक्त रुपमा लामालाइ पुरस्कृत गर्ने निर्यण गरिएको हो।
डेढ दशकदेखि विभिन्न मिडिया हाउसहरुमा आवद्ध रहेर कलम चलाउँदै आइरहेका प्रेम लामालाई यो पुरस्कारले पत्रकारिता क्षेत्रमा काम गर्न थप हाैसला मिल्छ भन्ने विश्वास अधिकारी र के सी द्वोयले गरेका छौं।

मोफसलबाट पत्रकारीता शुरुवात गरेका लामाले इलेक्ट्रोनिक मिडिया एफएम रेडियो, प्रिन्टका क्षेत्रमा काम गरेका छन। गणित विषयमा बीए/बीएड सम्मको अध्ययन गरेका लामासंग काठमाण्डाै तथा मोफसलमा रहेर पत्रकारिता गरेको लामो अनुभव रहेको छ। मध्य तराईको बारा, पर्सा र रौतहट क्षेत्रको विषयवस्तुलाई एफएम रेडियो, अनलाइन तथा प्रीन्ट मिडिया मार्फत राम्रोसंग उठान गर्दै आएका छन्।

पत्रकारिता क्षेत्रमा अब्बल लामा आइएससी तथा मुख्य विषय गणितमा बीएबीएड गरेकाले जन्मस्थल ठोरी गाउँपालिका–२ मा रहेको सरस्वती माविमा माध्यमिक शिक्षक समेत हुन्। २०६७ सालको अन्तिमतिर गाउँ फर्केका लामा निरन्तर अहिलेसम्म ग्रामीण क्षेत्रको विषयवस्तुमा संचार गर्दै आइरहेका छन् ।

हलिउडखबर प्रेम लामालाइ बधाई ज्ञापन गर्दछ। साथै पत्रकारिताको यात्रा निरन्तर रहने अपेक्षा गर्दै व्यक्तिगत जीवनमा सुख र खुशीको कामना गर्दछ।