-पप्पु कन्स्ट्रक्सन

कालोसूचीमा परेका ठेकेदारले पनि ठेक्का पट्टामा सामेल हुन पाउने 

Hollywood Khabar June 09,2019 Comments

२७ जेठ, काठमाडौं ।सरकारले भ्रष्टाचारको मुद्दा लागेका तथा कालोसूचीमा परेका ठेकेदारले पनि ठेक्का पट्टामा सामेल हुने बाटो खुल्ला गरेको छ।सरकारले सार्वजनिक खरिद नियमावली संशोधन गरेको २३ दिनमै यसलाई गोप्य रुपमा सच्याएर भ्रष्टाचारको मुद्दा लागेका तथा कालोसूचीमा परेका ठेकेदारलाइ पनि ठेक्का पट्टामा सामेल हुने बाटो खुल्ला गरेको हो।

मन्त्रिपरिषद बैठकले भ्रष्टाचारको मुद्दा लागेका ठेकेदारलाई मूल्यांकन प्रक्रियाबाटै पन्छाउने प्रावधान हटाउने गरी नियमावली संसोधन गरेपछि अघोषित रुपमा ‘निलम्बित’ बनेका ठूला ठेक्कामा कब्जा गरी रहेका कालिका कन्स्ट्रक्सन र पप्पु कन्स्ट्रक्सनको लागि बाटो खुलेको हो।

सातौं संशोधनमा छैठौं संसशोधनले नियम १४५ को  ‘ख’मा थप गरेका सबै प्रावधान खारेज गरिएको छ ।नयाँ व्यवस्थाले कारण राप्रपा नेता तथा पूर्वमन्त्री विक्रम पाण्डेको कम्पनी कालिका र नेपालमा परामर्शदाता कम्पनीका रुपमा सबैभन्दा धेरै काम गरिरहेको ‘ईआरएमसी’ लाई ठेक्का प्रक्रियामा सामेल हुने बाटो खुलेको छ । निलम्बित सांसद हरिनारायण रौनियारको कम्पनी पप्पु भने अहिले कालोसूचीमा छ ।