कलियुगको आदित्य ज्योतिपथ: ध्यान गर्दा शरिरलाई पनि थाहा दिन्न

0
shares

by KRISHNA KC | Updated: 05 Aug 2018

357 views

विनोद रोका, न्युर्योक
कलियुगको आदित्य ज्योतिपथ
पुज्य बालज्ञानी गुरु आदित्यमा नमन।
गुरुदेवले आफनो हस्ताक्षरमा विनोदजी प्रेम भाव सहित अर्पित भनि सही गरेर गुरुले सारथी भनि सम्वोधन गरिने प्रिय शिष्य डा राजु अधिकारीजी मार्फत पठाऊनु भएको हालै प्रकाशित कलियुगको आदित्य ज्योतिपथ नामक पुस्तक प्राप्त भयो। कहिले नभेटेको अनि परिचय नभएको विनोदलाई तपाईको अन्र्तदृष्टिले चिनेकोमा कृतज्ञता व्यक्त गर्दछु।

राजुजी, सागर थापा र शुसिला थापाजीबाट तपाईको बारेमा सुनेर तपाईको तस्विर अंकित भित्तेपात्रो पाए देखिनै मैले बालज्ञानी गुरुदेवलाई अनुभुत गर्न थालेको थिए।

म ध्यानसाधनाको मार्गमा १९९५ देखि विपाश्चनाको दिक्षा र केही बर्षदेखि परमहंश आचार्य योगिराज बालकृष्णज्यु समेतको दिक्षा पाई बामेसर्दै हिडदैछु। साधनाको यात्रामा भएको हुदा कहिले काहि प्रश्नहरु उठने गर्छन ध्यानमा आउने अनुभुतिको बिषयलाई लिएर। अनि म त्यस्को उत्तरका लागि ध्यान साधनाका विभिन्न गुरुहरुको शरणमा जाने गर्दछु। सुन्ने र हेर्ने गर्छु। यहि उत्तरको खोजीमा भरखरै परिता, प्रभात र मेनुकासहित हामी वेनप्रभुलाई भेटन र प्रवचन सुन्न ओहाइयो गएका थियौ। वेनप्रभु दिल्लीबाट आउनु भएको थियो।
कलियुगको आदित्य ज्योतिपथ नामक पुस्तक राजुजीबाट अगष्ट २, २०१८ का दिन पाए। अनि २ दिनमा पढेर सके पनि। पुस्तकमा रहेका हजुरका अमृत रसहरुलाई मैले अनुभुती गर्न सके, सतहमा तर गहिराईमा पुग्न सकिन। जुन मेरो सामर्थमा छैन पनि जबसम्म हजुरको कृपाले ज्ञानको चक्षु खुल्दैन।

ध्यानको सन्दर्भमा हजुरले म ध्यान गर्दा शरिरलाई पनि थाहा दिन्न भनि व्यक्त गर्नु भएको सन्दर्भ मेरो लागि मन्त्र एवं मार्गदशर्न बन्नेछ।

किताबको अद्योपान्त पढेपछि मलाई के लाग्यो भने हजुर सर्बव्यापी र सर्वज्ञानी हुनुहुन्छ। तपाईले सबैलाई चिन्नुहुन्छ। किनकि सबै तपाईसंग जोडिएका छन। त्यसैले त हाम्रा गल्तीका लागि तपाई दु:ख भोग्नु हुन्छ। आश्चर्य त हामीले तपाई नचिन्नु हो। अनि तपाईले देखाएको बाटोमा नहिडनुमा पो रहेछ।

कलियुगको आदित्य ज्योतिपथ नामक पुस्तक बास्तवमा एउटा आध्यात्मीक साधक, जिज्ञासु र नेपालीहरुका लागि पठनीय र संग्रहणीय हिरा रहेको छ। ४ बर्षदेखि ८ बर्षको उमेरका बिचमा स्कुल नगएका बालज्ञानी गुरुद्धारा अभिव्यक्त भएका अलौकिक अमृत रसमा आध्यात्मिक, राजनितिक, आर्थिक, सामाजिक आदि बिषयका गहनतम बिचार छन।

त्यसैगरि आदित्य संरक्षण प्रतिष्ठानको नेतृत्व। बन्दै गरेको र पछि बनिने मन्दीरको डिजाईन र सुपरिवेक्षण बोल्न र सहाराबिना बस्न नसक्ने गुरुदेवबाट कसरी भैरकेका छन भनि जान्नका लागि पाठकले पुस्तक पढेपछि मात्रै बुझन सक्दछन।

अन्तमा पुज्य बालज्ञानी गुरु आदित्य एवं उहाका प्रिय सहयोगीमा धन्यवाद व्यक्त गर्दछु। प्रशाद स्वरुप कलियुगको आदित्य ज्योतिपथ नामक पुस्तक न्युर्योकमा उपलव्ध गराई दिनु भएकोमा।