-तस्बिर वेब

धनगढीको गणेशलक्ष्मी इन्टरप्राइजेज र सरस्वती इन्टरप्राइजेजमा आगलागी

Hollywood Khabar October 21,2018 Comments

५ कात्तिक कैलाली।कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ४ मा रहेको गणेशलक्ष्मी इन्टरप्राइजेज र सरस्वती इन्टरप्राइजेजमा आगलागी भएको छ।धनगढीको मुख्य बजारमा रहेको गणेश इन्टरप्राइजेजको माथिल्लो तलामा एक्कासि दिउँसो करिब पौने चार बजे आगलागी भएको हो।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, धनगढी उपमहानगरपालिकाको दुई वटा दमकल र स्थानीयले आगो निभाउने प्रयास गरिरहेका छन्।आगलागी हुनुको कारण भने अझै खुल्न नसकेको प्रहरी नायव उपरीक्षक हरि वलीले जानकारी दिए।