-जिल्ला कारागार सुर्खेत

चौकीदार र दाइनाइकेको सरुवा माग्दै सुर्खेतका कैदीबन्दी आन्दोलित 

Hollywood Khabar May 17,2019 Comments

५ जेठ,सुर्खेत।चौकीदार र दाइनाइकेको सरुवा माग गर्दै जिल्ला कारागार सुर्खेतका कैदीबन्दीले मूलगेट भित्रबाट तालाबन्दी गरि कारागारभित्रै आन्दोलन गरेका छन्।कैदीबन्दीहरुले चौकीदार र दाइनाइकेले सञ्चालन गरेको मेसमा महंगोमा बासि खाना खुवाउने गरेको,मदिरा सेवन गरेर कैदीबन्दीमाथि कुटपिट गर्ने गरेको भन्दै चौकीदार धिरज पराजुली र दाइनाइकेहरु केशव सारु, नवराज देवकोटा र इन्द्र पुलामीलाई भित्र पस्न समेत नदिएर दिएका छैनन्।

कैदीबन्दीले आफुहरुलाई कुटपिट चौकीदार र तीन जना दाइनाइकेलाई सरुवा नगरेसम्म आन्दोलन नरोक्ने बताएका छन्।कैदीबन्दीहरूले शनिबार मध्यरातसम्म नाराबाजी गरेका थिए। कारागारका कैदीबन्दीहरूले आन्दोलन सुरू गरेपछि जिल्ला प्रहरी कार्यालयबाट डिएसपी प्रदीप क्षेत्रीको कमाण्डमा कारागार पुगेको प्रहरी टोलीले समस्या समाधानका लागि वार्ता भइरहेको जेलर लक्ष्मी खरेलले बताएकी छन्।