अाउ प्रिय कवि तिमी कविता बन मलाई कविता बनाउ।

Hollywood Khabar June 18,2018 Comments

म भनी रहेकाे छैन 
कविता स्वयं बाेलिरहेकि छ
मेरा धेरै ब्यन्जनाहरू छन
साैन्दर्य छ
लालित्य छ
थुप्रै अभिब्यन्जनाहरू छन
कविताको अाफ्नै वैशिष्टता छ
कविताको पनि कविता छ, अालेख छ
हाे कविताको अाफ्नै विशेष कविता छ

दार्शनिकहरुबाट प्रभावित  बिचारहरू
कविताहरुबाट सिर्जित शिल्पहरू
लाग्छ
"कविता अनुभूतिले रङ्गिएकाे बुद्धि हाे"
"कविताको कला शब्द छान्नमा छ"
विल्सन,शेलि,मेकाले जस्ता कविहरूकाे
भनाइ भन्दा भिन्न र फरक
मेराे कविता माथिकाे टिप्पणी 
अन्तरमनकाे भाव र भङ्गिमा 
मेराे कविता भित्रकाे कथामा अन्तरनिहित छ

कविता स्वयं भित्र 
श्रृष्टि र सिर्जनाका अजस्र श्राेत छन
उत्साह र उमङ्गका उदवाेधहरू छन
अजर सम्वेदनाका अवयवहरू छन
कविता भन्छिन कवि भएर नै म छु
मेराे कवित्व भन्छ कविता भएर नै कविता छ
हुन सक्छ याे अचिन्तनीय क्षण भएर हाेला
मैले कविता माथि विजय हासिल गर्न सकिन

मन र मस्तिष्ककाे नविनतम उत्पत्ति 
कवितामयि ब्रह्माण्डकाे रचना 
पृथ्वी,तेज,जल,वायु र अाकाश
मनमाेहक निहारिका
भाेग र भाेगाइकाे परिवेश 
हास्दै फुल्ने फूलहरू
कनककान्तिले सिंगारिएकाे अाभा मण्डल 
उनी भन्छिन यिनै हुन कविताका श्राेतहरू

दुर्लभ मानवताकाे गुण
बिम्ब,प्रतीक,अलंकार
उक्ति र ब्यङ्यार्थकाे समिश्रण
सिर्जनासंगकाे सम्बन्ध 
कवितासंगकाे संसर्ग 
वाल्मीकि,व्यास,तुलसीदास
भानुभक्त,माेतिराम,लक्ष्मीप्रसाद,लेखनाथ जस्ता
कालजयी सर्जकहरुले पगालेकाे
कविताकाे लावण्यसग लावण्य साटन
असमर्थ छिन कनकमन्जरीकी कविता 

म कवितासग मागिरहेको छु
कविता जस्तै अलंकारहरू
मुना-मदन र राेमियाे-जुलियट जस्तै 
प्रेमका अालंकारिक कविताहरू
कविता तिमी सुनाइ रहनु
अाफ्नै साैन्दर्यकाे बयान र प्रसस्ति
संजिवनीका पातहरूमा लेख्न सिकाइरहनु
कविताका कहिल्यै नमर्ने कथाहरू

अाजकल कवितामा 
नयाँ पालुवाहरू पल्लवित छैनन्
छिराेलिएका छन शब्दहरू
घुम्ती र तारेभिरमा अढिएका छन वाक्यांशहरू
दिप्तिहिन बत्तीहरू जस्तै 
जीवन र मृत्युको त्रिसंकुमा
बाच्न बिबश छ कविता 
तर बिडम्बना म भित्रकाे कवित्व
यतिबेला अात्महत्या गर्न खाेज्दैछ
कविता तिमी अाउ र बचाउ मेराे कवित्व

कविता सवेद्य अनुभूतिकाे इतिहास 
रामायण,शाकुन्तल,लालित्य,पिकदुत
तरुण तपसी,किन्नर-किन्नरी,गाैरी
अाैशिका फूलहरू फुलिरहे छन
कविताका काव्यरुपि गहनामा 
मेरी कविता चीरस्थायी भएकीछ
बिन्ति छ कविता अब तिमी 
मदेखि कहिल्यै टाढा नहुनु
कविता तिमी मेराे
कविताकाे कथाकाे अभिन्न पात्र बन्नु

थाहा छ कविता स्वयंमा अटेरी छैन
कविता स्वयंमा ........छ
वेदका ऋचाहरूमा भेटिने
उर्मिरुपि कविता 
पुराण र उपनिषद्का
श्लोकहरुमा पाइने कविता 
सीता र भृकुटीहरूकाे अस्मिताका कविता 
यतिबेला देख्न,भेट्न र लेख्न नसकेकाेमा
पिराेलिएकी छ अाफ्नै लयमा कविता 

म कविताका तरंगहरुमा फैलदैछु
स्वर्णसुन्दरी बनेर कविता 
मलाई कवि बनाउन खाेज्दैछिन
सप्तस्वर मिसाएर भन्दैछिन कविता 
म अनायास उब्जने भाव हुँ 
कल्पनाशीलता हुँ,सिर्जनशीलता हुँ
अाउ प्रिय कवि तिमी कविता बन
मलाई कविता बनाउ।
           =ऋषभदेव घिमिरे,गाेदावरी
         Email:ghimirerd@gmail.com