-PhD Durga Dahal

कविवर अब मानिसका कविताहरू लेख

Hollywood Khabar September 03,2019 Comments

दुर्गा दाहाल-अनुभव

तिमीले फूलका धेरै कविताहरू लेख्यौ

अनि सागर, तारा र सगरमाथाका पनि

अब मानिसका कविताहरू लेख

जहाँ माया विश्वास र शान्तिका कुराहरू हुन्छन

तिम्रो कवितामा अनाथ बाल-बालिका

वृद्ध आमा-बा र एकल महिलाहरू खोई

असहाय नर-नारी, लाटा- बैरा, निमुखा

हत्या र बलात्कृत महिलाहरू खोई ?

आऊ कवि !

अब आवाज़ विहीनका कविताहरू

र रवि नपुगेका ठाऊँका कविताहरू लेख ।