-सांकेतिक तस्विर

गोरखा,चितवन र तनहुँका २३ जुवाडे ९ लाख सहित् चितवनमा पक्राउ

Hollywood Khabar February 13,2019 Comments

३ फागुन,चितवन।चितवन प्रहरीले ९ लाख ३३ हजार नगद सहित २३ जुवाडेलाई  पक्राउ गरेको छ।चितवन प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले भरतपुर महानगरपालिका–११, भोजाडको छिम्केश्वरी टोलबाट गएराति १२ बजे  २३ जुवाडेलाई पक्राउ गरिएको बताए।प्रहरी निरीक्षक चिलिमाया तामाङ नेतृत्वमा टोलीले जुवा खेलिरहेको ठाउँमा छापा मारी नगद सहित गोरखा, चितवन र तनहुँका जुवाडे नियन्त्रणमा लिएको हो।पक्राउ परेका जुवाडेहरुले भ्यालेन्टाइन डेको अवसर पारेर कौडा खेलेको जनाएका छन् ।