-जुडशीतल पर्व

मिथिलाञ्चलमा हिलो दलेर जुडशीतल पर्व मनाइँदै 

Hollywood Khabar April 13,2019 Comments

२,वैशाख,जनकपुर।विशिष्ट कृषि संस्कृति मानिएको जुडशीतल पर्व मिथिलाञ्चलमा हिलो दलेरसोमबार धुमधामका साथ् मनाइँदैछ।मिथिलाञ्चलमा नयाँ वर्षका रूपमा प्रकृति र स्वास्थ्यसँग सम्बन्धित जुडशीतल पर्व  मनाइन्छ भने थारू समुदायले यसलाई सिरूवा पर्व भनी मनाउछन्।जुडशीतलमा रहेका दुई पद जुड र शीतल कल्याणसँग सम्बन्धित छ । जुडले आशीर्वादको भावमा जुराउनु र शीतलले शीतलताको अर्थ दिन्छ ।यस पर्वमा जेठाले आफूभन्दा सानाको टाउकोमा हत्केलामा पानी लिइ आशीर्वाद सूचक भावले शीतलता प्रदान होस् भन्ने गर्दछन् । यस पर्वमा शीतलताको कामना सूर्यको कडा ताप विरूद्ध मानव मात्रको कल्याण नभई रूख विरूवाका लागि पनि शीतलताको कामना गरिन्छ ।

यसका साथै घरका दैलामा तथा घरको बीचमा रहेको खम्बालाई पनि जुराउने गरिन्छ । यस दिन चुलो पनि जुराउने भएकाले चुलोमा आगो बालिदैन । त्यस्तै पशुपक्षी, लतावृक्ष, बोटविरूवाका साथै घर–गृहस्थीका सबै वस्तुहरू सन्दुक, आलमारी, बाकस, खाट, पलङ, कुर्सी, टेबुल, कुचो, जाँतो, ढिकी, ऊखल, मुसल, सिलौटा, लोढा र सवारी साधनमाथि पानी जुराउने गरिन्छ ।

त्यस्तै यस पर्वमा गाउँका इनार, कुवाको जीर्णेद्धार पनि गरिन्छ । यसमा जीउभरी हिलो दलेर एक अर्कालाई जिस्काउने परम्परा पनि रहेको छ । मल र हिलोसँग मानव शरीरको सृष्टि भएको तथ्यलाई यस पर्वले निरन्तरता दिँदै आएको देखिन्छ ।यस पर्वमा तरूवा, बरी ९वेसनकोपरिकार,दही विशेष प्रकारले खाइन्छ । जुडशीतलमा कुलदेवतालाई बासीभात, दही, मीठा र आँपको टिकुलाको नैवेद्य चढाइने गरिन्छ । त्यस्तै चिल चरा तथा स्याललाई पनि नैवेद्य दिने चलन छ । जुडशीतल पर्व उल्लास, पे्रम र भाइचाराको प्रतीकरूपमा पनि प्रतिष्ठित रहेको छ ।