-जोगीबाबालाई राष्ट्रपति र प्रधानमन्त्रीको साथ:पिण्डेश्वर मेला गर्न ५० लाखको खात २३ चैत बिराटनगर

जोगीबाबालाई राष्ट्रपति र प्रधानमन्त्रीको साथ:पिण्डेश्वर मेला गर्न ५० लाखको खात

Hollywood Khabar April 04,2019 Comments

२३ चैत बिराटनगर

तारमब्रह्म महायज्ञ आयोजना गरेको दुई महिना नबित्दै प्राचीन धार्मिकक्षेत्र सुनसरीको चतराधाममा शनिबारदेखि पिण्डेश्वर अर्धमहाकुम्भ मेला मेला आयोजना हुदैछ।

कृष्णदासजी महाराजले राष्ट्रपतिलाई बोलाएर तारमब्रह्म महायज्ञ गरेपछि फेरी जगतगुरु बालसन्तको अगुवाइमा प्रधानमन्त्री केपी ओलीको प्रमुख आतिथ्यमा पिण्डेश्वर अर्धमहाकुम्भ मेलाको आयोजना गर्न लागिएको हो। चतराधामका यी दुबै साधुहरुबीच बोलचालै बन्द भएका कृष्णदासजी र बालसन्तवीचको शक्ति–संघर्षलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले साथ दिएका छन्।

बालसन्तले प्रदेश सरकारलाई नै कुम्भ मेलाको संयोजक बनाएर प्रदेश मन्त्रिपरिषदबाट ५० लाख रुपैयाँ निकासा गराउनसमेत सफलता पाएका छन्। धर्मनिरपेक्ष नेपालको कम्युनिष्ट सरकार आफैं कुम्भमेलाको संयोजक बनेको छ। शनिबारदेखि सुरु भएर आगामी बैशाख २४ गतेसम्म एक महिनासम्म चल्ने कुम्भमेला व्यवस्थापनको जिम्मेवारी प्रदेश १ सरकारले आफैं लिएको छ।

कुम्भ मेलाका लागि प्रदेश सरकारले चतरामा सम्पर्क कार्यालय नै स्थापनागरि ५० लाख निकासा गर्नुका साथै आन्तरिक मामिला (गृह) तथा कानूनमन्त्री हिक्मतबहादुर कार्कीको संयोजकत्वमा संयोजन समिति गठन गरेको छ ।

आपसमा राम्रोसँग बोलचाल नभएका कृष्णदासजी र बालसन्तवीचको शक्ति–संघर्षलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले साथ दिएका छन् ।

एक महिने अर्धमहाकुम्भ मेलाका लागि धरानको पिण्डेश्वर बाबाधामबाट निकालिने कलश यात्राको सुभारम्भ मुख्यमन्त्री शेरधन राईले गर्नेछन्। प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार महाकुम्भ मेलाको उद्घाटन गर्नेछन्। सुनसरीको चतरामै दुई महिनाअघि करिब ७०५ वर्षपछि श्रीराम तारक ब्रम्ह महायज्ञ आयोजना गरिएको थियो। महायज्ञको उदघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन्।