-The US President J Biden

पहिलो दिनमा दर्जन जति अध्यादेशबाट सुरु गरेका राष्ट्रपति बाइडेनका पहिलो १००

Hollywood Khabar January 20,2021 Comments

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो व्हाइट हाउस प्रवेसको पहिलो दिनमा दर्जनको हाराहारीमा अध्यादेश जारि गरेर पहिलो दिन पुरा गरे।

आगामी १०० दिनमा उनले राष्ट्रपति ट्रम्पका ४ बर्षका काम भन्दा धेरे र राष्ट्रपति ट्रम्पले गरेका थुप्रै गलत निर्णयको असरलाई पुर्ताल गर्नमा बिताउने भएका छन्। उनको पहिलो अध्यादेश कोभिड १० का लागि मास्क मेण्डटरी आदेश छ। क्याबिनेट, प्रशासन र तत्कालका लागि अन्तरिक निर्देशनहरु लगातयका बिषय अन्य अध्यादेशमा छन्।

अमेरिकाका ३२ औं राष्ट्रपति फ्रान्क्लिन रुजवेल्टले १९३३ मा ओभल अफिसबाट पहिलो १०० दिनमा ७६ वटा कानुन जारी गरेर अर्थतन्त्रको भयाबह अवस्था सुधार गरेका थिए। राष्ट्रपति बाइडेनले पनि आफ्नो पहिलो दिनको अध्यादेश सोहि ओभल अफिसबाट सुरुवाट गरेका छन्। सोहि क्रममा उनले केहि दिनामा थुप्रै काम गर्नुपर्ने बताएका छन्।

राष्ट्रपति बाइडेनका पहिलो १०० दिनमा आउने कानुन र काम चाहिं कोभिड १९ ब्यबस्थापन, वातावरण-ग्लोबल वार्मिंङ्ग, अर्थतन्त्र, इमिग्रेशन, राष्ट्रिय सुरक्षा, गन सेफ्टी, हाउजिङ्ग, विश्वो बजार, अन्तराष्ट्रिय संबन्ध लगायतका रहेका छन्।