-सांकेतिक तस्विर

जितिया पर्वको उपवास बसेकि वृद्धाको मृत्यु

Hollywood Khabar September 21,2019 Comments

६ असोज, महोत्तरी ।महोत्तरीमा जितिया पर्वको उपवास (व्रत) बसेकि एक वृद्धाको मृत्यु भएको छ । एकडारा गाउँपालिका–६ बगेया गाउँकि ७१ वर्षीया मिथिलेश देवी पाण्डेको  जितिया पर्वको उपवासबसेकै बेला  मृत्यु भएको हो। जितिया पर्व लामो अवधिको भएको र पानीसमेत नखाइ व्रत बसेकाले उनको मृत्यु भएको वडाध्यक्ष सुमन्तकुमार रायले बताए ।मिथिलेश देवी शनिबार बिहान ४ बजेदेखि नै जितिया पर्वको उपवास बसेकी थिइन् ।जितिया पर्वको समापनअघि कुनै खानेकुरा वा पानी खाएमा व्रत भङ्ग हुने मान्यता छ ।