-चिनियाँ राष्ट्रपति सी जिनपिङ

चिनियाँ राष्ट्रपति सी जिनपिङ दशैंपछि नेपाल आउने 

Hollywood Khabar September 19,2019 Comments

४ असोज, काठमाडौं।चिनियाँ राष्ट्रपति सी जिनपिङ दशैंपछि नेपाल  भ्रमणमा आउने भएका छन्।स्रोतका अनुसार १४ अक्टोबर अर्थात २७ असोजमा आउनेछन् र, भोलिपल्ट फर्किनेछन्।जिनपिङ उनी  नेपाल आउने  भारत चीन अनौपचारिक सम्मेलनका लागि ११ अक्टोबरमा भारत जानेछन् ।

सीको भ्रमणको पूर्वसध्यामा चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको टोली नेपाल आउँदैछ । टोलीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुसँग छलफल गर्नेछ ।एक अधिकारीका अनुसार चिनियाँ पक्षले अहिले पनि राष्ट्रपतिको सुरक्षालाई बढी चासो दिएको छ ।गत वर्ष मोदी चीन गएका थिए ।मोदीसँगको अनौपचारिक सम्मेलनपछि सी नेपाल आउने पक्का भएको स्रोतको दाबी छन् ।