दिपक अभिमन्यू

जिन्दगी दुई मुक्तक

Hollywood Khabar April 17,2019 Comments

सोच्दा सोच्दै जिन्दगीका रंगहरु बदलिए ।
हिड्दा हिड्दै जिन्दगीका ढंगहरु बदलिए ।
कसरी पो अर्थ्याउँ म यो जिन्दगीनीलाई ।
थाहैनपाई जिन्दगीका साथ संगहरु बदलिए।
xxxxxxxxxxxxxxxxxxxxxxxxx
नानाथरि कुरा जिन्दगीमा‚झस्काउनेहरुको कमी छैनन्।
दिक्दार यो जिन्दगीलाई गिज्याउनेहरु कमी छैनन्।
जिन्दगीको बाटोभरि भेटिन्छन् तालतालका मान्छेहरु ,
रुख चढाएर फेद काट्न‚उक्साउनेहरु कमी छैनन्।