-नेपाली कांग्रेसका पार्टीका निर्वाचित महामन्त्री डा शशांक कोइराला

उम्मेद्वारको टिकेट दिने काम विकेन्द्रीकरण गर्दै जिल्लाले गर्नुपर्छ, महामन्त्री डा कोइराला

Hollywood Khabar January 09,2021 Comments

कृष्ण के सी, अमेरिका, ०१/१०/२१

नेपाली कांग्रेसका पार्टीका निर्वाचित महामन्त्री डा शशांक कोइरालाले निर्वाचनमा टिकेट दिने काम केन्द्रले होइन जिल्लाले गर्नुपर्ने धारणा राखेका छन्।

गिरिजा प्रसाद कोइराला (जिपी कोइराला) फाउण्डेशन क्यानडारद्वारा आयोजित नेपाली राष्ट्रिय मेलमिलाप नीतिको सान्दर्भिकता, सहमति, सहकार्य र एकता, अन्तरक्रिया कार्यक्रममा महामन्त्री डा कोइरालाले सो कुरा बाताएका हुन्।

फाउण्डेशनद्वारा जनवरी ९, २०२१ शबिबर आयोजित जुममा महामन्त्री डा कोइराला बिपीको स्वदेश फर्कने निर्णय, जोखिम, मेलामिलाप र नेपालको वर्तमान परिपेक्षमा सो बिषयको महत्व समेत प्रकाश पारे। सोहि शिलसिलामा महामन्त्री डा कोइरालाले जिपी कोइरालाले गर्न छुटाएको विकेन्द्रीकरणको एउटा पाटो बारे प्रकाश पर्दै उनले सो बिचार व्यक्त गरेका हुन्।

हाल केन्द्रले स्थानिय तह देखिका उम्मेदवारको टिकट दिने प्रचलन छ। त्यो सहि होइन, केन्द्रलाई को व्यक्ति सक्षम छ, को जित्छ त्यो सबै थाहा हुँदैन। त्यो कुरा जिल्लालाइ थाहा हुन्छ। त्यसैले त्यो पाटो गिरिजाबाबुले छुटाउनु भएको उजागर दर्दै अब यस्तो अधिकार पार्टीले जिल्लालाई दिनुपर्ने धारणा राखेका हुन्।

कार्यक्रममा फाउण्डेशनका अध्यक्ष तथा कांग्रेस नेत्री सुजाता कोइराला र नेपाली कांग्रेस संसदीय दलका सचेतक बाल कृष्ण खाँणले समेत आ-आफ्नो धारणा राखेका थिए। उनीहरुको जोड आफूले के गरेको त्यो बताउने भन्दा पनि नेपाल कम्युनिष्ट पार्टीले के गरेन भन्ने तिर केन्द्रित थियो।