Dr Shesh Ghale, NRNA IES/ICC Former President, Hollywood Khabar Profile Picture: Krishna KC 2017/08/17

NRNA: अतालिएका पूर्वअध्यक्ष लामिछाने र लुरुलुर तानिएको भट्ट नेतृत्व

Hollywood Khabar April 04,2018 Comments

कृष्ण के सी/अमेरिका
गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष डा शेष घले, निवर्तमान आइसीसी सदस्य जमुना गुरुङको नेपाल भ्रमणलाइ लिएर संघका वर्तमान नेतृत्व र पूर्वअध्यक्ष जिबा लामिछाने मात्र होइन संस्थापक अध्यक्ष डा उपेन्द्र महतो समेत अत्तालिएको जानकारी प्राप्त भएको छ।

विशेष गरि डा घलेले आफ्नो कार्यकालमा सुरु गरिएका मेघा प्रोजेक्ट भिजिट, त्यसको प्रगतिका बारे जानकारी लिने, संघका कर्मचारी र अन्य सहयोगीहरुसंग भेटघाट अनि धन्यवाद ज्ञापन जस्ता सामान्य कुराका साथमा केही महत्वपूर्ण थप कुराहरुको घोषणा गर्ने योजना सहित जानुभएको थियो। हाल पहिलो चरणको कार्य समाप्त भएको छ। दोश्रो चरणको कुराका लागि उहाँ हाल भेटघाट र वर्तमान नेतृत्वले दिने जवाफको पखाईमा हुनुहुन्छ।

घले दम्पतिको हाल सम्मको गतिविधिले आफूलाई पर्ने असर देखेर अताल्लीएका पूर्वअध्यक्ष जिबा लामिछानेले संघका अध्यक्ष भबन भट्ट देखि लिएर आफ्ना लुर्कनलाइ नेपाल बोलाउनु भएको छ। संघका अध्यक्ष भबन भट्ट, उपाध्यक्ष कुमार पन्त, महासचिव डा बद्रि के सी मात्र होइन डा हेमराज शर्मा समेत नेपालमै तानिनु भएको छ र त्यो क्रम जारी छ। अनि त्यो सड्यन्त्रको भेटघाटलाइ लगानी र बिधान सभाको नाटक मन्चन गरिने समेत खबर प्राप्त भएको छ।

वर्तमान नेतृत्वले गरेका केही असान्धर्भिक र केही अनियमितताका कुरा डा घलेको भिजिटसँगै पाइएका छन्। लगानीमा डा घलेलाइ अगाडि आउन माग हुनु, लाप्राकीले वर्तमान नेतृत्वप्रति असन्तोष देखाउनु, शंखमुल पार्कको निर्माणमा छानविन गर्नुपर्ने अवस्था देखिनु, संघको बिल्डिंका केहि भाग भत्काएर नक्सा नै तोडमोड गरेको पाउनु लगायत थुप्रै कुरा उठेकाले उहाँहरु अत्तालिनु भएको छ। सर्वत्र डा घलेको प्रसंसा र सकारात्मक खवर आइरहेको बेला अतालिएका टोलीले संघकी उपाध्यक्ष सपिला राजभण्डारीमार्फत एउटा फ्लासकार्ड फाल्नु भएको छ।

अचम्मको कुरा त त्यो विषयमा संघका वर्तमान कार्यकारी निर्देशनक डा दवाडीले उल्टै भण्डारीको बिरोध गर्नु भएको छ। फ्लासकार्डको जवाफमा संघकी सचिव जानकी गुरुङले दिनुभएको चुनौतीले झन उल्टा झड्का दिएको छ। सचिव गुरुङले अब संघको स्थापना काल देखि सबै कुराको सहि रुपमा भए-नभएको छानविन गर्नुपर्ने कुरा राख्नु भएको छ।

कुनै पनि कुरा सामान्य र सरल रुपमा राख्नु हुने डा घलेले र जमुना गुरुङले लाप्राकमा पुग्दा निर्माणाधिन घरहरु पूर्ववत संझौता अनुरुप नै निर्माण हुनुपर्ने कुरा दोहोर्याउनु भएको कुरा त हलिउडखबरले स्थलगत रुपमा गरेको रिपोर्टिङ्गमा नै उल्लेख गरिएको छ।

त्यसैगरी अध्यक्ष भबन भट्टले नेपाल भित्र्याउने भनिएको १० अरब लगानीबारे डा घलेले पहिला नै प्रश्न उठाउनु भएको छ। उहाँले लगानीबारे डिटेल नीति र लगानी सुरक्षाका बारेमा सोध्नु भएको छ। उसै पनि संघलाइ सानिमा बैंकले वर्षको ६० लाख भन्दा धेरै घाटा बनाएको छ। त्यो बिषयमा त हलिउडखबरले पहिला नै प्रमाण सहित सुचित गरेको छ।

अब ती सबै कुरा खुल्ने र आफ्नो सुपर सड्यन्त्र समेत झुल्ने अनि आफूहरु असफल हुने अवस्था देखिएर तर्सियाका पूर्वअध्यक्ष जिबा लामिछानेले अन्तत नेपालमा डा घलेको गतिविधिको डिफेन्सकै लागि भनेर आफ्नो लुर्कन पुकार्नु भएको छ। अनि लुरुलुरु नेतृत्व तानिएको छ, यो क्रम जारी छ। अप्रिल ६ २०१८ दिनको २:३० बजे अर्को एउटा नाटक पनि मन्चन हुँदैछ।