-झुटो नाता प्रमाण आरोपमा ललितपुर महानगरपालिकाका वडाध्यक्ष पक्राउ

झुटो नाता प्रमाणित गरिदिएकोे आरोपमा ललितपुर महानगरपालिकाका वडाध्यक्ष पक्राउ

Hollywood Khabar July 11,2020 Comments

सन्तोष दाहाल, ललितपुर/७/१२/२०

मिर्गौला प्रत्योरोपण गर्दा झुटो नाता प्रमाण गरिदिएकोे आरोपमा ललितपुर महानगरपालिका–३ का वडाध्यक्ष श्रीगोपाल महर्जन पक्राउ परेका छन्। मानव बेचबिखन अनुसन्धान ब्युरोको विशेष टोलीले शनिबार साँझ ललितपुर महानगरपालिका–३ का वडाध्यक्ष श्रीगोपाल महर्जनलाई पक्राउ गरेको हो।

उनीसँगै कलेज अफ मेडिकल साइन्स चितवनका डाक्टर, कानुनी सल्लाहकारसमेत पक्राउ परेका छन्।महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख टेकप्रसाद राईका अनुसार महर्जनलाई शनिबार साँझ पक्राउ गरिएको हो। मिर्गौला प्रत्योरोपण गर्दा झुटो नाता प्रमाण गरिदिएकोे आरोप वडाध्यक्ष महर्जनमाथि लागेको छ।

केही समय पहिला ललितपुरका एक व्यक्तिले चितवनमा मिर्गौला प्रत्योरोपण गरेका थिए। सोही घटनामा महर्जनको संलग्नता हुनसक्ने भन्दै प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।

ललितपुर महानगरपालिका भित्रका २९ वडा मध्ये उनको वडा उत्कृष्ट मानिन्छ। विकास निर्माणका काममा सँधै अग्रसर भएर लाग्ने महर्जनको वडाले नयाँ नयाँ प्रविधिमैत्री अवधारणा ल्याएर काम गर्दै आएको छ।