तस्बिर वेब

झिल्कोबाट आगलागी:एक करोडभन्दा बढीको क्षति

Hollywood Khabar June 14,2019 Comments

१ असार कैलाली।कैलालीको मध्यक्षेत्र घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा निर्माणाधीन शित भण्डारमा शनिबार आगलागी हुँदा एक करोडभन्दा बढीको क्षति भएको छ।प्रहरी चौकी, पहलमानपुरका प्रहरी सहायक निरीक्षक प्रताप चन्दले शित भण्डारमा मजदूरले वल्डिङसम्बन्धी काम गरिरहेको अवस्थामा निस्केको आगोको झिल्कोबाट आगलागी भएको जानकारी दिए ।

चन्द अनुसार आगलागीबाट एक करोडभन्दा बढी मूल्यका निर्माण सामग्री जलेर नष्ट भएको छ।स्थानीय रामबहादुर रावतलगायतका नौ-दश जनाको संयुक्त लगानीमा उक्त ठाउँमा शित भण्डार गृहको निर्माण भइरहेको थियो ।