-नेकपा अध्यक्ष माधव कुमार नेपाल

झण्डु बाम लगाएर निकालेको आँशुको अर्थ छैन, बालुवा पेलेर तेल निस्किदैन, केपीसँग सहकार्य हुँदैन

Hollywood Khabar February 26,2021 Comments

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल (दाने) समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली समूहसँग एकताको नहुने बताएका छन्।

ललितपुरको जावलाखेलमा शनिबार आयोजित दाने समूह निकट शिक्षकहरूको राष्ट्रिय भेलामा पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले केपी ओलीसँग सहकार्यको सम्भावना नरहेको उजागर गरेका हुन्। अन्य राजनैतिक पार्टीहरुसँग सहकार्य हुन्छ तर केपी समूहसँग सहकार्य नहुने बताएका छन्।

केपी ओलीका मानिसहरुको आँखामा झण्डु बाम (भारततिर संकेत) लगाएर निकालेको आँशुको कुनै अर्थ छैन। केपी बाम लगाएर आँशु निकाल्छन अनि एक्लै कोठामा गएर मुसुमुसु हाँस्छन, क्या मज्जाले मुर्ख बनाएर पठाइयो भन्छन्। त्यसकारण यस्ता कुराको भ्रममा नपर्नुहोला, हामी आन्दोलनमा सहभागी भएकाहरुलाई साथमा लिएर संयुक्त सरकार बनाऔं भनिरहेका छौं। केपी ओली मदन भण्डारी फाउण्डेसन गुटको नेता हुन्, उनीसंग मिलेर जाने होइन। बामदेव गौतमजी ओलीलाई सुधार्ने कोसिस गर्दै हुनुहुन्छ तर बालुवा पेलेर तेल निस्किदैन।