-राजु मगर

झाक्रीले पेट चिरेका बिरामी राजु मगरको मृत्यु

Hollywood Khabar September 15,2019 Comments

३१,भाद्र,काठमाडौं।झाक्रीले मुखैले चुसेर कमलपित्तको विकार निकाल्ने बहानामा पेट चिरेका ३९ वर्षीय बिरामी राजु मगरको  सोमबार मृत्यु भएको छ । पेट चिरेर सिकिस्त भएका  राजु जिल्ला अस्पताललाइ भदौ २५ गते धादिङको अस्पतालमा भर्ना गरिएको थियो।दुइ महिनाअघि जन्डिसले थलिएका राजुलाई महायान लामा झाँक्री बताउने गजबहादुर लामाले पेटको जन्डिस चुसेरै निकालिदिन्छु भन्दै बिरामीलाई घरमा बोलाएर ब्लेडले पेट चिरेर   ८ हजार रुपैयाँ पनि असुलेका थिए ।

झाँक्रीले पेटमा प्वाल खोपिदिएकाले अवस्था झनै जटिल भएपछि उनलाई उपचारका लागि काठमाडौँ ल्याइएपनि नयाँबजारस्थित पिपुल मेडिकल कलेजले अरुले बनाइदिएको घाउ आफूले नहेर्ने भन्दै पेटमा जमेको पानी निकालीदिएर फिर्ता गरिदिएको थियो।परिवारजनले झाँक्री लामाविरुद्ध जिल्ला प्रहरीमा उजुरी दर्ता गराएका छन्  भने झाँक्री फरार छन् ।