The USA President Donald J. Trump

डिसेम्बर ६, राष्ट्रपति ट्रम्पले Jerusalem बारे बिशेष संबोधन गर्ने

Hollywood Khabar December 05,2017 Comments

कृष्ण के सी/अमेरिका
व्हाइट हाउसबाट प्राप्त सूचना अनुसार डिसेम्बर ६, २०१७ ES समय अनुसार दिनको १ बजे राष्ट्रपति डनल्ड ट्रम्पले Israel को राजधानी Jerusalem बारे बिशेष संबोधन गर्नुहुने भएको छ। राष्ट्रपतिको Israel को राजधानी Jerusalem मान्ने घोषणा गर्ने कुराको पूर्वानुमानसँगै थुप्रै समाचार माध्यम र मुश्लिम समुदायबाट समेत आलोचना हुन थालेका छन्।
कतिपय समाचारहरुले त यसलाई विश्वमा कन्ट्रोभर्सी बढाउने आगोको झिल्का हो पनि भनेका छन्। यो घोषणासँगै अमेरिकी राजदुतावास Tel Aviv बाट Jerusalem सर्नेछ। अमेरिकी कंग्रेसले १९९५ मा नै राजदुताबास सर्न कानुन पास गरेको थियो। तर पनि हाल सम्म सरेको छैन।
यसबाट विगत देखिनै Israelis र Palestinians दुवै देशले दावी गर्दै आएको पवित्र शहर Jerusalem लाइ लिएर झन विवाद थप्ने कुरा राजनैतिक क्षेत्रबाट अनुमान गरिएका छन्। अमेरिकालाई यसो नै किन गर्नुपर्यो भन्ने कुरालाई एउटा छुट्टै पाटोको रुपमा हेर्ने गरिएको छ।
Israeli र Palestinian झगडाको एउटा अति संवेदनशिल बिषय नै हो Jerusalem कसको भन्ने। Jerusalem अन्ताराष्ट्रिय पवित्र शहरको रुपमा जेसस क्राइष्टको जन्मले गर्दा भएको मानिएको छ। भलै यस्तो विवाद बुद्ध भारतमा जन्मेका भन्ने कुरा भारतीय पक्षले गर्दै आएको जस्तो भने होइन।
इतिहासलाइ हेर्ने हो भने १९४७ मा Jerusalem एउटा International City को रुपमा परिकल्पना गरिएको थियो। तर लगत्यैको Israel युद्धले त्यो शहरलाइ विभाजित बनायो। १९४९ मा युद्धको बिरामसँगै Green Lin खडा गरेर पश्चिम तर्फको आधा Israel को अधिनस्त र पूर्वीतर्फको आधाभाग Jordan को अधिनस्त बनाइयो।
फेरि १९६७ मा गएर ६ दिनको युद्ध भयो र Israel ले Jerusalem को पूर्वीभाग पनि लियो। तत्पश्चात Jerusalem आज सम्म Israel को नियन्त्रणमा छ। तर  Palestinians र अरु थुप्रै अन्त्रराष्ट्रिय समुदायले भने  पूर्वी Jerusalem लाइ Palestinian राज्यको भावी राजधानी मान्दछन।
यति धेरै विवाद हुने Jerusalem मा को बस्दछन त भन्ने प्रश्न उठ्न सक्दछ। Jerusalem मा लगभाग ८५०,००० जनसंख्या छन्। यो जनासंख्याको ३७% Arab छन् भने ६१% Jewish छन्। Arab मध्य ९६% जनसंख्या मुश्लिम छन् भने ४% चाँहि ख्रीष्टियन छन्। पूर्वी Jerusalem मा Palestinian को बाहुल्यता छ। अब अमेरिकाको यो निर्णय संगै कस्तो प्रतिक्रिया र राय आउने हो त्यो भने हेर्न बाँकी छ।