Hollywoodkhabar advertisement

जे म चाहन्थे त्यो केहि पनि पाइन तर जे मेरो लागि आवश्यक थिए सबैकुरा पाइयो

-Krishna KC
0
shares

कृष्ण के सी, अमेरिका, सेप्टेम्बर २९, २०१७

सेप्टेम्बर १२, २०११ मा मेरो भतिजीले अलाबामाबाट बुक पोष्ट गरेर अँग्रेजी भाषाको एउटा पुस्तक पठाएकी थिइन्। त्यो पुस्तक पढे, त्यसको एउटा ठाउँमा पुगेर मा अड्किएँ। खुशी हुनुहोस र अरुको भलाइ गर्नुहोस आशिषको झरी बर्षन्छ। कुनै धार्मिक प्रवचन जस्तै लाग्यो अनि चासो दिएर त्यो लाइन पढे। कुरालाइ मेरो जीन्दगीको पाटोसँग जोडेर भित्रैबाट जोडेर तुलोमा राखेर ढक राख्दै जोख्दै गरे।

बर्षौं लाग्यो त्यो धार्मिक दर्शनलाइ बुझ्न। कहिले त वाक्कै पनि लाग्यो अनि दुनियाँ देखेर कहिले चाहिँ घृणा पनि लागेर आउने अवस्था भयो। अझै पनि नेपाली समुदायमा हाम्रो चलन देखेर त झन मनै अमिलो हुँदै आयो। एक फेरी उदारो पनि हाँसे अनि तीतो मनले जिएँ, आधा खुशीले बोले अनि आधा औपचारिकता दिंदै टोलाएँ।

म सधैं भन्ने गर्थे हे भगवान! जादु जस्तै गरेर मलाइ संसारको सबैभन्दा शक्तिशाली बनाइ दिनुहोस। भगवान पनि कति निष्ठुरी भएको जस्तो लाग्ने भने त्यसो कहिल्यै गरिदिनु भएन। म जहिले पनि निर्बल र लुते नै पो भएँ। भगवानले मलाइ मैले सोचे जस्तो गरी मेरो कुरा सुन्नु भएन। उल्टै पटक-पटक मेरो जीवनमा अनगिन्ति कस्ट र हण्डर थपिदिनुभयो। आँखा रसाउने र घण्टौ सम्म कुनामा बसेर रुनेगरी पिडा दिनुभयो। मेरो शक्तिशाली हुने जादुमय कुरा पुरा हुने त कता हो कता हजारौं हण्डरलाई मैले यही जीवनमा झेल्नु पर्यो। अन्तमा म झल्यास भएँ कि- ति सबै झेलेर पो म सबै भन्दा शक्तिशाली भएछु।

मेरो सोच आशा र भरोसाको थियो। हरेक पटक र हरेक कुरामा भगवान माथि आशा गर्ने। तर मैले आशा गरेको जस्तो कुरा पुरा भएन। बरु भगवानले मलाइ पाठशालाको जस्तै चौरासी हण्डर दिएर समाधान गराउँदै सिकाउँदै हुर्काउनुभयो। म त्यो सबै झेल्ने शक्तिशाली भएको छु। अझै भनौ म जीउने कुरामा ग्राजुयट भएछु। तपाई पनि मैले जस्तै भगवानले शक्तिशाली बनाइदिनुहुन्छ भनेर आशा गरि त बस्नुभएको छ होला।यदि त्यसै हो भने त्यसरी नबस्नुहोस। दुनियाँमा जे पर्छ त्यो फेस गर्नुहोस। तपाइँ भन्दा शक्तिशाली अरु कोही छैन। मैले सजिलै शाश्क्तिशाली हुने मागे, भगवानले मलाइ दुनियाँ झेल्ने क्यीज दिएर सिकाउँदै शक्तिशाली बनाउनुभयो।

हे भगवान ! विचार पनि कस्तो कस्तो आउने होला। म यो दुनियाँको सबै भन्दा बुद्धीमान व्यक्ति दर्जिन चाहन्थे। तर, मेरो भगवानले लाखौ अड्चन दिनुभयो। धेरै त मेरो दिमागले धान्नै सकेनन। कति पढेर सिके, कति सोधेर सिके अनि धेरै त आफैले भोग्दै सिके, कतिसंग झगडा गरे, धेरैसंग सवालजवाफ गरेर सिके। कहिले सालिनसंग सिके कहिले बिद्धानसंग त कहिले मुर्खसंग लडेर अनि कहिले किताब पढेर र गुगल गरेर सिके। अन्तमा मैले दुनियाँलाइ धेरथोर जवाफ दिन सक्ने बुद्धी सिके। म सोझै चाहन्थे मेरो बुद्धि ऋषिहरुको जस्तो होस् तर होइन रहेछ म त एउटा मान्छे रहेछु। मेरो बुद्धि साधारण मान्छेको जस्तो हुने रहेछ, अनि म त्यही मान्छे जस्तै छु।

म स्वर्ग जस्तो सुखी संसार र राम राज्य जस्तो शान्त समाज चाहन्थे। यसर्थ कि म कसैसंग लाफ्फा गर्नु नपरोस अनि सजिलै दुनियाँ चलोस। सबै तिर खुसी नै खुसी र सुखै सुख होस्। तर त्यो दिन र त्यस्तो संसार कहिलै र कतै आएन। बरु मेरो भगवानले मलाइ शरिरमा तागत र टाउकोमा गिदी दिएर त्यो सबै बनाउन र समाल्न भनेर मोरो सोच भन्दा उल्टो खिचडीको संसारमा धकेलिदिनुभयो। धन्य भगवान ! मैले त्यो सबै झेल्दैछु र आफ्नो इच्छाको भन्दा पनि दुनियाँको वास्तविकता सिक्दैछु। जीन्दगीको हरेक टुक्रा-टुक्रा काट्दै शुल्क तिरेर संसार र समाज पढ्दैछु।

म दुनियाँसंग अत्यन्तै डराउँने मान्छ। मलाइ लफडा र झगडा पटक्कै मन नपर्ने। त्यसैले म भन्थे, हे भगवान; मलाइ शाहस दिनुहोस म यो दुनियाँमा सबै झेल्न सकु। तर होइन रहेछ। मलाई भगवानले शाहस दिनुभएन, ढाडस पनि दिनुभएन। झन् खतरा भन्दा खाता टेक्ने खुड़किलो न समाउने हाँगोको नाङ्गो संसार रुपी पहरे भिरमा लगेर छोडिदिनुभयो। अनि म विस्तारै थरथर शरिर कमाउँदै तारेभिर तरेर अलिकति सुरक्षित ठाउँमा पुगेको छु। आफै डराउने म झन डरलाग्दो पाठ दिएर परिक्षा पास गर्न पठाउनुभयो।

म संसारको सबै भन्दा खुसी हुन चाहने व्यक्ति। मलाई क्रन्दन र रुवाइ कहिलै नआवस भन्थे म। फेरि पनि म आफु धेरै पटक रोएको छु। कहिले एक्लै रोएँ, कहिले लुकेर रोएँ, कहिले अरुको दर्दमा रोएँ त कहिले प्राकृतिक प्रकोपले पिडामा परेकाहरुको लागि रोएँ। मेरो चाहना जस्तो खुसी नै खुसीको दुनियाँ होइन रहेछ। त्यो सबैबाट बाहिए दर्दको भोगाइ जीवनको अर्को पाटो रहेछ।

म अत्यन्तै चन्चले छु। मलाई कुर्न र पर्खन पटक्कै मन पर्दैन। म चाहन्थे आजै होस्, छिट्टै होस अनि ऐले नै होस्, जे पनि मिनेटमै होस्। हरेक पटक मलाई भगवानले कुराउनु पो हुने रहेछ। हरेक कुरा सजिलै नहुने, सामान्य कुरा पनि महिनौ लाग्ने, मान्छेहरु पनि टेडेमेडे विचार र सोच भएका, चौरासी हण्डर खाएर काम बन्ने। कस्तो उल्टो जीन्दगी, खुइय गर्दै बसे। सबै कुराको समय रहेछ, हे भगवान, दुनियाँ चुड्कीमा होइन रहेछ।

म सबैजना शान्त भएको मायाँ नै मायाँको संसार चाहन्थे। तर पनि मैले हरेक मान्छे, मेरै आफ्नै र घरकै देखि दुनियाँका सबै टेडा-भेडाहरु धेरै पाएँ। अनि ति सबैबाट झेल्दै सिके। कोही पनि सजिलो छैन। म अरुको लागि असजिलो अरु मेरो लागि। त्यसैले त भगवानले हामी सबैलाई फरक-फरक खाले बनाउनु भयो।

म जति लोभी मान्छे यो दुनीयाँमा कोही छैन होला। अनि म लोभै लोभमा भन्नेगर्थे, हे भगवान ! मलाइ यो बनाइदेउ, त्यो बनाइदेउ। तर भगवानले मलाइ एकपटक पनि मैले भनेको जस्तो बनाउनु भएन। बरु मलाइ मौकै-मौका दिनुभयो। मैले पो त्यो सबै मौका छानेर लिनु पर्ने रहेछ। म बसेर धनी हुन चाहने तर मलाई भगवानले अनागिन्ती काम गर्ने मौका दिनुभयो जहाँ मैले कमाउन सक्छु। यस्तै, यस्तै अरु धेरै।

म संसारका मोज मस्ती भोगेर मेरो जीवनमा मस्ती चाहने मान्छे। भगवानले मलाइ त्यसको उल्टो “जीवन” पो दिनुभयो। जीवनमा त्यो सबै कमाएर, किनेर र खोजेर भोग्नु पर्ने। म जीवनमा चाहने मलाइ भने भगवानले जीवन दिनुभएको छ। त्यो सबै गर्नुपर्ने।

कस्तो अचम्म, हेरक पटक म सजिलैसँग संसारका सबै कुराहरु चाहन्थे अनि भगवानले भने मलाइ हरेक पटक कठिन बाटो दिने, आफै गर्नु पर्ने। बल्ल बुझे म त एउटा मान्छे हो मेरो सबै कुरा मैले आफैले भोग्दै गर्नुपर्ने।

म जे चाहन्थे त्यो कुनै पनि कुरा मैले पाइन। तर मलाइ जे चाहिन्छ त्यो सबैकुरा भगवानले दिनुभयो। आफुले चाहेको कुरा होइन आफुलाई चाहिने कुरा पाइने रहेछ। मलाई मेरो पुकारको जवाफ मिलेको छ र यो जीन्दगीमा कमाइको खुसी मिलेको छ। अनि आशिषको झरी बर्सेको छ, मेरो जीन्दगीमा !

कृष्णार्पण; अस्तु !!

ADVERTISEMENT-----