https://www.youtube.com/embed/yhGcGfnPCLo

-गायक जीवन कंडेलको गीत

गायक जीवन कंडेलले दुर्घटनामा परेकी आफ्नै आमालाई सम्झंदै गाएको मार्मिक गीत

Hollywood Khabar May 05,2019 Comments

यसै बर्षको आमाको मुख हेर्ने औँसीको अवासर पारेर गायक जीवन कंडेलले आमाको संझनाको गीत ल्याएका छन्।

आमाको मुख हेर्ने औँसीमा सबैले आफ्नो आमालाई सम्झन्छन। आमाको सम्मान गर्दछन। यसो त आमालाई बर्षको एक दिन मात्र सम्झने काम राम्रो होइन जन्म दिने आमालाई बर्ष भरि सम्मान आदर गर्नुपर्छ। आमाको महत्व आमा हुनेलाई भन्दा आमा गुमाएकाहरुलाई धेरै हुन्छ।

आमाको मुख हेर्ने औँसीको पुर्वसन्ध्यामा जापानमा रहेका गायक जीवन कँडेलले आफ्नै जिवनमा भोग्न परेको बज्रपातलाई गीतमा उठाएर टुहुरो जीवन बोलको गीत सार्वजनिक गरेका छन।

करिव एकबर्ष अघि जापानमा रहेकै बेला बाग्लुङ विहुँमा रहेकी जीवनकी आमाको दुर्घटनामा निधन भएको थियो। सोहि घटनाक्रमलाई उनले जस्ताको जस्तै गीतमा उतारेर सार्वजनिक गरेका छन।

गीतमा जीवनले मुटु छुने आवाज मात्र दिएका छैनन् उस्तै अभिनय समेत गरेका छन । गीत सार्वजनिक भए पछि सबैले गीतको प्रशंसा गरेका छन भने आमा गुमाउदाको पिडाले मन रोएको बताएका छन ।

सञ्चारकर्मी तथा सर्जक कृष्ण आचार्यले जीवनको जिन्दगी माथी परेको घटनालाई आधार बनाएर गीतको लय तथा शब्द सिर्जना गरिदिएका हुन भने गीतमा जीवनका आफ्नै बुवाको पनि अभिनय रहेको छ। जीवनको आमाको भुमिकामा रमा थपलियाले अभिनय गरेकी छन। गीतको आवाजमा जीवनलाई शान्तीश्री परियारले साथ दिएकी छन ।

गीतलाई बास्तविकतामा जस्तै भिडियोमा समेत उतारिएको छ जुनकाम पछिल्लो समयकी निकै लोकप्रिय निर्देशक स्मृति तिमिल्सीनाले गरेकी छन। भिडियो निमार्णकमा क्रममा स्मृतिले यस्ता आमा सम्बन्धी गीत गर्दा आफुलाई अत्यन्तै पिडा हुने र यस्तो कसैलाई भोग्न नपोस भनि कामना समेत गरेकी थिइन ।

सुरेश श्रेष्ठले खिचेको सो गीतको म्युजिक भिडियोलाई कुशल सम्पादक प्रकाश धमलाले सम्पादन गरेका छन भने दीपिका म्युजिकको च्यानलबाट गीतलाई सार्वजनिक गरिएको छ ।

**दिपक कंडेलबाट प्राप्त**