जयतु संस्कृतम् र विश्व अध्यात्म केन्द्र

जयतु संस्कृतम् र विश्व अध्यात्म केन्द्रद्वारा आयाेजित अन्तर्क्रिया

Hollywood Khabar November 24,2018 Comments

जयतु संस्कृतम् नेपाल तथा विश्व अध्यात्म केन्द्र अमेरिकाद्वारा आयाेजित अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको छ।

नोवेम्बर २८, २०१८ बुधवारका दिन जयतु संस्कृतम् नेपालका अध्यक्ष डा बद्री पाेख्रेल, नेपाली महावाणिज्य दूतावास न्यूयाेर्कका वाणिज्यदूत कृष्ण सुवेदी (कृसु क्षेत्री) लगायतका विशिष्ट व्यक्तित्वहरुकाे समुपस्थितिमा एक अन्तरक्रिया हुने भएको छ।

न्यूयोर्कको आशामी हिन्दू टेम्पलमा सांझ ७ देखि ९ बजे सम्म हुने उक्त कार्यक्रममा जयतु संस्कृतम् नेपाल तथा विश्व अध्यात्म केन्द्र अमेरिकाद्वारा आयाेजित अन्तर्क्रिया कार्यक्रममा उपस्थित भइदिनका लागि सबैलाई अनुराेध गरेका छन्

कार्यक्रममा संस्कृत भाषाकाे प्रचार, संस्कृत र जीवन उपयाेगी अध्यात्म चिन्तन, जयतु संस्कृतम् संस्थाकाे गतिविधि, संस्कृत शिक्षा र नेपालकाे पर्यटन विकास, नेपाली कला, साहित्य, संस्कार, चाडवर्व, नैतिक शिक्षालगायत क्षेत्रमा संस्कृत भाषाकाे महत्व आदि अनेक विषयमा संवाद गरिने कुरा आयोजक जनाएका छन्।

कार्यक्रम:

Asamai Hindu Temple
80 E Barclay Street, Hicksville, NY, 11801.
Nov 28, 2018, Wednesday
7 pm to 9 pm