-जर्मन नेपाली मिलनकेन्द्रको नेपाली समुदायमा हार्दिक अपिल

जर्मन नेपाली मिलनकेन्द्रको नेपाली समुदायमा हार्दिक अपिल

Hollywood Khabar April 09,2020 Comments

नेपाली समुदायमा हार्दिक अपिल;

जर्मनीमा तपाई हामी सबैलाई महामारी कोरोना भाईरस Covid-19 ले ठुलो असर पुराई रहेको छ। जर्मनीको दोस्रो शहर हाम्बर्गमा विभिन्न पेशा, व्यावसाय र अध्यायन गरी रहने नेपाली समाजका हरेक समुदायका सबै सदस्यहरुलाई पनि कोरोना भाईरस COVID -19 को महामारीबाट धेरै प्रभावित भएकाछौं।

हाम्रो जानकारीमा आए अनुसार हाम्बर्ग लगायत जर्मनीको विभिन्न ठाउँमा नेपालीहरु पनि कोराना भाईरस संक्रमणबाट पीडित भएको कारणले जर्मन नेपाली मिलनकेन्द्र दुखका साथ ध्यानाकर्षण भएको छ। त्यसैले यो अति नै अप्ठ्यारो परिस्थितीको समयमा पनि नेपाली समुदायको सबै सदस्यहरु कोरोना भाईरसको प्रकोपबाट सुरक्षित रहनु नै हामी सबैको प्रमुख प्राथमिकताको बिषय रहेको छ।

हार्म्बगमा रहने नेपालीहरुलाई कोरोना भाईरसको संक्रमण भई अशक्त भएमा सबै नेपाली दाजुभाई दिदिबहिनी र बिद्यार्थी तथा औपिअरहरुको सहयोगको लागी जर्मन नेपाली मिलनकेन्द्रको समन्वय र संयोजकत्वमा हाम्बर्गमा कार्यरत सबै नेपाली संघ संस्थाको प्रतिनिधित्व हुने गरि सुझावसल्लाह र परामर्श सहयोग तथा उद्धार समितीको गठन गरिएको छ। यस समितीमा नाम उल्लेख गरिएका प्रतिनिधिहरुको सम्पर्क नम्बरबाट कुनै पनि समयमा आवस्यक सूचना तथा परामर्श एबम सहयोग लिन सक्नु हुने छ।

सर्वप्रथम हामीले कोरोना भाईरस के हो? यसबाट कसरी संक्रमण हुन्छ? भन्ने बिषयमा साधारण जानकारी लिन अति नै आवश्यक छ। चीनको वुहान शहरबाट उत्पत्ती भएको कोरोना भाईरसले संसारका सबै मानव जगतलाई संक्रमणमा पार्दै त्रासित बनाएको छ। आज सम्म लाखौं मान्छेलाई संक्रमीत बनाई सकेको छ। यो क्रम जारी नै छ भने हजारौं मान्छेको ज्यान लिई सकेको छ। जर्मनीमा पनि यसको प्रकोप धेरै खतरात्मक रुप लिदै गईरहेको छ। कोरोना भाईरसको महामारीले हाम्बर्ग शहरलाई पनि बिचल्लीत बनाउदै छ।

मानव जीवनमा कोरोना भाईरसको संक्रमण अति नया भएकोले यसको उपचारको उपाय समेत पत्ता लागेको छैन। कोरोना भाईरसलाई नियन्त्रण गर्ने खोप र औषधि पनि अहिले सम्म बनेको छैन। त्यसैले भाइरसको संक्रमणलाई निक्कै खतरनाक मानिएको छ ।

के हो त कोरोना भाइरस ?

कोरोना भाइसरको वास्तविका नाम नोबेल कोरोना भाइरस हो । 2019मा यसको उत्पत्ति भएकोले यसलाई Covid-19 नाम दिएको हो। कोरोना भाइरसले रुघाखोकी देखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य अन्तर्गत पर्दछ । सर्वप्रथम सन् २००३ मा देखिएको एसएआरएस र कोरोना एउटै समूहका भाइरस हुन् । दुवै भाइरसले बिरामीलाई गम्भिर बनाउन सक्छन् ।

काेराेना भाइरस संक्रमणका लक्षण

  • लहरे खोकी लाग्नु, रुघा लाग्नु ,नाकबाट सिघान बग्नु
  • घाटी दुख्नु, टाउको दुख्नु, पुरै शरीर दुख्नु
  • उच्च ज्वरो १०४ डिग्री फरेनहाइट अर्थात ४२ डिग्री सेल्सियस भन्दा बढी ज्वरो आउने
  • श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु,
  • निमोनिया हुनु,
  • सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु ।

कसरी हुन्छ संक्रमण ?

कोरोना भाइरस सक्रमित ब्यक्तिबाट अर्को ब्यक्तिमा सजिलै सर्न सक्छ। पशुपंक्षी र सी फुडको माध्यमबाट पनि सर्ने गर्छ। यो भाइरसले मानिसहरुमा सहजै सर्ने गुण भएकोले विशेषगरी एउटै परिवारका सदस्यहरु बिरामी भएको अवस्थामा भने एकबाट अर्काेमा काेराेना भाइरसकाे संक्रमण हुने संभावना उच्च हुनेगर्छ। भाइरसको संक्रमण भएको समयमा मिर्गौलाले काम गर्न छोड्ने हुनाले मानिसको मृत्यु हुनेगर्छ ।

कसरी बच्ने ?

रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामी देखि अलि टाढा रहने,

नियमित साबुन पानीले कमसेकम २० सेकेन्ड सम्म हात धुने, सेनिटाईजरको प्रयोग गर्ने

खोक्दा र हाछ्युँ गर्दा नाक र मुख पाखुरा वा टिसु पेपरले छोप्ने

जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने

अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने

घरमा बस्ने, अनावश्यक हिड्डुल नगर्ने,

धेरै भिडभाड तथा हुलहालमा नजाने वा धेरै मान्छेको सम्पर्कमा नआउने माथी उल्लेखित कोरोना भाईरसको जस्तो लक्षण देखिए आफ्नो हाउस डाक्टर वा 116117 मा फोन गर्ने वा तल उल्लेख गरिएका नेपाली समुदायका प्रतिनिधिहरुलाई फोन गर्ने अझ धेरै आवश्यक सल्लाह सुझाव र सहयोगको लागी हाम्बर्गमा कार्यरत सबै संघ संस्थाका प्रतिनिधिहरुलाई कृपया सम्पर्क गर्नु हुन हार्दिक अनुरोध छ।

  • सुरेन्द्र प्रधान-जर्मन नेपाली मिलनकेन्द्र-017670266229
  • लालबहादुर गुरुङ-तमुसमाज हाम्बर्ग-017657901827
  • मानव कुमार श्रेष्ठ-नेवा: खल:हाम्बर्ग-017670382811
  • निमा शेर्पा-शेर्पा किदुक हाम्बर्ग-017664004411
  • दिपु गुरुङ-एनसीसी हाम्बर्ग-01716209300
  • सन्तोष लामा-तामाङ समाज हाम्बर्ग-017672863976
  • कमल थापा-मगर समाज हाम्बर्ग-017684791035

आफू पनि बाचौ अरुलाई पनि बाच्न सहयोग गरौ।

धन्यवाद

सुरेन्द्र प्रधान

अध्यक्ष

सोनी तुलाचन

सचीव

जर्मन नेपाली मिलनकेन्द्र परिवार