-तस्विर वेब

पाकिस्तानका पूर्व राष्ट्रपति जरदारी पक्राउ 

Hollywood Khabar June 09,2019 Comments

२७ जेठ,काठमाडौं।अवैध बैंक एकाउन्ट तथा देशबाहिर पैसा पठाउने गरेको आरोप लाग्दैआएका पाकिस्तानका पूर्व राष्ट्रपति तथा पाकिस्तान पिपल्स पार्टीका सहयाक प्रमुख आसिफ अली जरदारी पक्राउ परेका छन् ।सरकारको भ्रष्टाचार सम्बन्धि मुद्दा हेर्ने निकाय अन्तरगत टोलीले जरदारीलाई सोमबार पक्राउ गरेको हो ।सम्पत्ति सुद्धिकरणको मुद्दामा अलीसहित उनकी बहिनी फरायल तालपुरको पुनरावेदन सोमबार सर्वोच्च अदालतले खारेज गरि गिरफ्तारीको आदेश दिएको हो ।इस्लामावादस्थित जरदारीलाई पक्राउ गर्न सोमबार ठूलो संख्यामा सुरक्षाकर्मी पुगेको बिबिसीले जनाएको छ ।