-जापानको ओसाकामा नेपाल भ्रमण बर्ष २०२० को भब्य शुरुवात

जापानको ओसाकामा नेपाल भ्रमण बर्ष २०२० को भब्य शुरुवात

Hollywood Khabar January 05,2020 Comments

एनआरएन जापान कान्साइ क्षेत्रीय समितिले नेपाल भ्रमण वर्ष २०२० को शुरुवात भब्य रुपमा गरेको छ। नेपाल सरकारले २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन सुरु गरेकै दिन जनावरी १ तारिक ओसाका स्थिति उमेदामा रहेको होटल हिल्टनमा एक भब्य समारोहका बिच एनआरएन कान्साइले नेपाल भ्रमण वर्षको शुरुवात गरेको हो।

पाँच सय जना भन्दा बढी नेपालीको सहभागीता रहेको उक्त समहरोहमा उपस्थित जापानीज हरुलाई नेपाली टोपी,भिजिट नेपाल २०२० सचिबालय को सहयोग मा उपलब्ध ढाकाको खादा तथा नेपाल भ्रमण वर्षको लोगो सहितको ब्याच प्रदान गर्दै नेपाल भ्रमण बर्षको निम्तो गरिएको थियो। एनआरएन जापानका सल्लाहकार नरेन्द्र बस्नेतले सहजीकरण गर्दै उपस्थित जापानिज हरुलाई नेपाल भ्रमण बर्षको बारेमा जानकारी गराउदै नेपाल भ्रमण गर्नको लागि कार्यक्रम मार्फत निमंत्रना पनि दिनु भएको थियो।

उक्त समारोहमा एनआरएनए आइसिसी सदस्य तुलसीराम खरेल प्रमुख अतिथी तथा एनआरएन जापानका सल्लाहकार नरेन्द्र बस्नेत(दिनेश) र आत्माराम शर्मा गैरे विशेष अतिथी रहनु भएको थियो।एनआरएन कान्साइका संयोजक कृष्ण शर्मा गैरेको सभापतीत्व सम्पन्न सो समारोहलाई एनआरएन कान्साइका उप संयोजक दिलिप शर्माले संयोजन गर्नुभएको थियो।

उक्त अबसरमा शुभकामना आदान प्रदान सहित नेपाल बाट आमन्त्रित चर्चित कलाकार हरुको साथमा भब्य सांगीतिक कार्यक्रमको आयोजना समेत गरिएको थियो।