तस्बिर साभार वेब

जापानमा आपतकाल घोषणा

Hollywood Khabar April 06,2020 Comments

२५ चैत्र काठमाण्डौं।जापानका प्रधानमन्त्री शिन्जो आबेले मंगलबार कोरोनाभाइरस संक्रमण बढ्ने खतरा देखिएको भन्दै त्यस्तो परिस्थितिलाई नियन्त्रणमा राख्न टोकियो लगायत देशका केही भागमा आपतकालीन अवस्था घोषणा गरेका छन्।“जनताको जीवन र अर्थव्यवस्थालाई गम्भीर असर पार्ने अवस्था आएको मैले अनुभव गरेको छु।म आजै बेलुका आपतकालीन अवस्था घोषणा गर्नेछु,” आबेले भनेका छन्।“विशेष गरी टोकियो र ओशाका जस्ता सहरी क्षेत्रहरूमा”नयाँ संक्रमणको तीव्र वृद्धिलाई औंल्याउँदै उनले एक दिन अघि सोमबार नै आपतकाल घोषणाको योजना सार्वजनिक गरेका थिए।

यो घोषणा मंगलबार मध्यरातदेखि लागू हुनेछ । नयाँ व्यवस्था अनुसार प्रभावित सातै क्षेत्रका गभर्नरहरुले आमजनतालाई आआफ्ना घरभित्रै बस्न र व्यापार व्यवसाय बन्द गर्न लगाउन सक्नेछन्।तर यो युरोप र संयुक्तराज्य अमेरिकाका कतिपय क्षेत्रमा देखा पर्ने लकडाउन जस्तो कडा प्रतिबन्ध होइन।जापानमा आपतकालीन अवस्थामा पनि मानिसहरू बाहिर घुमफिर गर्न वा व्यापार व्यवसाय खुला राख्न सक्नेछन्।यहाँ घरभित्र बस्न वा व्यवसाय बन्द नगर्ने माथि कुनै दण्ड सजायको व्यवस्था गरिएको छैन ।

विज्ञहरू र स्थानीय नेताहरूले आपतकाल घोषणाका लागि जोड दिएका थिए।यसैसाता टिबिएस प्रशारण संस्थाले गरेको सर्वेक्षणमा सहभागी ८० प्रतिशत जनताले आपतकाल घोषणालाई समर्थन गरेका थिए।घोषणाबाट सात क्षेत्र प्रभावित हुनेछन् : टोकियो, छिमेकी चिबा, कानागावा र साइतामा, ओशाकाको पश्चिमी क्षेत्र र छिमेकी ह्योगो, र फुकुओकाको पश्चिमी क्षेत्र। यो आपतकाल करिब एक महिनाका लागि हुनेछ ।
श्रोत विभिन्न न्युज ऐजेन्सी