-सांकेतिक तस्विर

जन्ती बोकेको जिप दुर्घटना,दुलाह दुलही सहित १४ जना घाइते 

Hollywood Khabar January 15,2020 Comments

२माघ,सिन्धुली।सिन्धुलीमा दुलाह दुलही सहित जन्ती बोकेको जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।घाइते मध्ये  ५ जनाको अवस्था गम्भीर रहेको छ ।बिहीबार मरिण गाउँपालिका १ कटुन्जेबाट जन्ती लिएर हरिहरपुरगढी गाउँपालिकाको तामाजोरतर्फ जाँदै गरेको ना १ च १८६० नम्बरको जिप हरिहरपुरगढी गाउँपालिका ५ को सिदुरगाउँमा दुर्घटना भएको हो ।दुलहा राजकुमार रखाल र दुलहीसहित अन्य  घाइतेलाई इलाका प्रहरी कार्यालय कपिलाकोटको टोली र स्थानीयले उद्धार गरेका थिए ।