जङ्गली च्याउ खाँदा १ को मृत्यु, ७ बिरामी

0
shares

by editor (editor@gmail.com) | Updated: 13 Jul 2019

139 views
तस्बिर वेब

२९ असार म्याग्दी । म्याग्दीमा जङ्गली च्याउ खाएर सिकिस्त बिरामी भएका एक बालकको मृत्यु भएको छ।जिल्लाको मङ्गला गाउँ पालिका–१ पूर्णगाउँमा बस्ने जमुना कुँवरका छोरा ऋषि कुँवरको उपचारको क्रममा पोखराको मणिपाल अस्प्तालमा मृत्यु भएको हो।वनबाट ल्याएको च्याउको तरकारी बनाएर खाएपछि परिवारका छ बिरामी भएका थिए।विषालु च्याउ खानेबित्तिकै बान्ता, पखाला र टाउको दुख्न थालेपछि स्वास्थ्यचौकीमा उपचार गरे पनि निको नभएपछि थप उपचारका लागि पोखरा लगिएको अवस्थामा बालक ऋषिको मृत्यु भएको राष्ट्रिय जनजागृति माविका प्रधानाध्यापक टेक राम्जालीले जानकारी दिए ।

विद्यालयमा कक्षा–५ मा अध्ययरत मृतक कुँवर, उनकी दिदी तारा कुँवर र भाइ ओमप्रकाश कुँवरलाई थप उपचारका लागि पोखरा लगेपछि गाउँमा जानकारी भएको थियो।उपचार गरिरहेका अन्य बिरामीको अवस्था सुधारोन्मुख छ।थोरै खानेलाई समान्य असर देखिए पनि तीनै जनाले धेरै खाएकाले सिकिस्त भएको चिकित्सको भनाइ उद्धृत गर्दै राम्जालीले बताए।

गलकोट– जङ्गली च्याउ खाँदा बागलुङको पश्चिम ढोरपाटन नगरपालिका वडा नं २ मा सात बिरामी परेका छन्।शनिबार जङ्गलबाट ल्याएको च्याउ खाँदा ढोरपाटन नगरपालिका–२ सेराका २४ वर्षीय सुजाता थापा, उनका पाँच वर्षीय छोरा आयुष थापा, बडिगाड गाउँपालिका–३ सिसाखानी घर भई हाल ढोरपाटन–२ सेरामा बच्चा पढाउन डेरा गरी बस्दै आएका ३५ वर्षीय लेखबहादुर थापा, उनकी २४ वर्षीया श्रीमती प्रेमकुमारी पुन, पाँच वर्षीय छोरा सन्दीप थापा, अध्ययनका लागि सँगै बस्दै आएका १४ वर्षीय सहिस पुन र ढोरपाटन नगरपालिका–२ तारीखेतका ५८ वर्षीया मनिकला महत बिरामी परेका हुन् ।