-कोभिड १९ को लागि अमेरिकाको तेश्रो भ्याक्शिन जे एण्ड जे को वितरण सुरु

कोभिड १९ को लागि अमेरिकाको तेश्रो भ्याक्शिन जे एण्ड जे को वितरण सुरु

Hollywood Khabar March 01,2021 Comments

अमेरिकामा बनेका फाइजर, मोडर्ना पछि Johnson & Johnson's (J&J) भ्याक्शिनको वितरण सुरु भएको छ। फेब्रवरी २८ मा अमेरिकी अथोरिटीले इमर्जेन्सी युजको लागि अनुमति दिएपछि मार्च १, २०२१ J&J भ्याक्शिन बितरण सुरु भएको छ। केन्टकी राज्यमा रहेको J&J उत्पादन केन्द्रबाट आज भ्याक्शिन अमेरिकाका राज्यहरुमा पठाइएको छ। १८ वर्ष उमेर भन्दा माथिका अमेरिकनहरुलाई यो भ्याक्शिन तुरुन्तै दिइनेछ। तत्काल ४ मिलियन डोज दिस्पाच गरिएको र समरसम्ममा १०० मिलियन भ्याक्शिन प्रदान गर्ने कुरा J&J ले जनाएको छ।