प्रधानमन्त्री खड्ग प्रसाद ओली

जनताको सामू लज्जित हुनु परेको बताउँदै केपि ओलीले मागे माफि

Hollywood Khabar July 10,2019 Comments

२६ असार काठमाण्डौं।प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा भारतीय दुताबासबाट आएको पत्रबारे आफूलाई समयमा जानकारी नदिएका कारण आफूले नेपाली जनताको सामू लज्जित हुनु परेको बताउँदै माफिसमेत मागेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले विषादी प्रकरणबारे भारतीय दुतावासले पठाएको पत्रबारे आफूलाई जानकारी नदिएकै कारण जनताको सामू पत्र नआएको सार्वजनिक अभिव्यक्ति दिनु परेको बताए । ‘भारतबाट पत्र आएको रहेछ, तर मैले आएको छैन भनेर सार्वजनिक रुपमै बोलेँ, उनले भने, ‘विभिन्न ठाउँमा कूटनीतिक प्रयास हुनु तर मलाई थाहा नदिइएकाले आफू लज्जित हुनु पर्योक, त्यसप्रति क्षमाप्रार्थी छु।’

उनले नेपाली जनताको भान्सामा विषादी पाक्न दिनुहुन्न भन्ने प्रधानमन्त्री आफूमात्रै भएको दावी गर्दै आफू विरुद्ध चलाएको कुनै पनि मिसन पूरा हुन नदिने प्रतिवद्धता व्यक्त गरे । आफूविरुद्ध भ्रम छर्न खोजिएको तर त्यसलाई सफल हुन नदिने उनको दृढता छ ।