-ध्रुब कुमार झा र रामबाबु पाण्डे

जनसम्पर्क समिति अमेरिकाले २ जना केन्द्रिय सदस्य मनोनित गर्यो

Hollywood Khabar December 21,2020 Comments

नेपाली जनसम्पर्क समिति अमेरिकाले दुइ जना केन्द्रिय सदस्य मनोनित गरेको छ। डिसेम्बर २०, २०२० आइतबार बसेको समितिको केन्द्रीय बैठकले सो निर्णय गरेको बताइएको छ। मनोनितहरुमा क्यालिफोर्नियाका ध्रुब कुमार झा र रामबाबु पाण्डे रहेका छन्।

ध्रुब कुमार झा २०४४ सालमा नेपाल बिधार्थी संघको कजेल एकाइ सभापति, महोत्तरी क्षेत्र नम्बर २ का २०४६ सालका नेपाल बिधार्थी संघका सभापति, नेपाल बिधार्थी संघ जिल्ला कार्य समितिको उपसभापति, रारावा क्याम्पस नेबि संघ इकाई सदस्य, अमेरिकन नेपाली तराइयन एशोसियाशन लगायतका संस्थामा पनि रहेको बताइएको छ।

नुवाकोट देखि हाल क्यालिफोर्निया बस्दै आएका रामबाबु पाण्डे नुवाकोट अमेरिका सम्पर्क समितिका उपाध्यक्ष रहेका छन्। त्यसैगरी उनि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको क्यालिफोर्निया क्यालीफोर्निया राज्य चाप्टरका पुर्ब अध्यक्ष थिए।