-जनसम्पर्क समिति अमेरिकाद्वारा डा गोविन्द केसीको जीवनरक्षाको माग

जनसम्पर्क समिति अमेरिकाद्वारा डा गोविन्द केसीको जीवनरक्षाको माग

Hollywood Khabar October 05,2020 Comments

सरकारले विगतमा आफूसॅंग गरेका सम्झौताहरूको कार्यान्वयनको माग गर्दै विगत २४ दिनदेखि आमरण अनशनमा रहनुभएका डा गोविन्द केसीको स्वास्थ्यस्थिति दिनप्रतिदिन गंभीर बन्दै गइरहेको छ।

सत्य, निष्ठा, त्याग र बलिदानका प्रतिमूर्ति डा केसी जीवन र मृत्युको दोसाॅंधमा संघर्ष गरिरहॅंदा नेपालको कम्युनिष्ट सरकार भने अत्यन्त लापरवाह एवं गैरजिम्मेवार रूपमा प्रस्तुत भइरहेको छ। तीन करोड नेपालीका आस्थाका केन्द्र डा केसीका जनमुखी मागहरूलाई संवोधन गर्न ढिलाइ गरी त्यसको कारण कुनै अप्रिय घटना हुन गएमा त्यसको संपूर्ण जिम्मेवारी वर्तमान निरंकुश सरकारको हुनेछ।

नेपाली जनसम्पर्क समिति अमेरिका सरकारको यस्तो रवैयाप्रति खेद प्रकट गर्दै अनशनरत डा गोविन्द केसीको जीवनरक्षाको लागि जोडदार माग गर्दछ ।

जय नेपाल !

सुभाष घिमिरे

महासचिव

नेपाली जनसम्पर्क समिति अमेरिका

अक्टुवर ५, २०२०